2076-2-7
मिति २०८६।०१।२० गतेका दिन इलाम नगरपालिका वडा नं १० स्थित पुर्ण स्मारक मा.वी, गोदकमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ। समकालिन फौजदारी न्याय प्रणालीमा सरकारी वकील कार्यालय र सरकारी वकीलको भुमिका सम्बन्धी विषयमा बिद्यार्थीलाइ सचेत बनाउने उद्देश्यले उच्च सरकारी वकील कार्यालय इलामको वार्षिक कार्ययोजना अनुसार सञ्चालन गरिएको उक्त कार्यक्रममा समसामयिक फौजदारी घटनाक्रम सम्बन्धी विषयमा छलफल भएको थियो।
४४ जना बिद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रम सञ्चालन उच्च सरकारी वकील कार्यालयका ना.सु श्री होमनाथ कट्टेलले गर्नुभएको थियो। फौजदारी न्याय प्रणालीको सम्बन्धमा उठेको सवालहरुको सम्बोधन यस कार्यालयका नि. सह-न्यायाधिवक्ता परमेश्वर पराजुली र शाखा अधिकृत पुर्णबहादुर थापामगरले गर्नुभएको थियो। अन्तरकृयामा नि. सह-न्यायाधिवक्ता परमेश्वर पराजुलीका साथै उक्त बिद्यालयका शिक्षिकाहरु समेत सहभागी हुनुभएको थियो।
समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालन गरेकोमा उक्त विद्यालयका प्रधानाध्यापक प्रेम घिमिरेले आयोजकलाई धन्यबाद दिदै कार्यक्रमको समापन मन्तव्य दिदै उक्त कार्यक्रम सम्पन्न भयो।
माघ महिनाको खर्चको फाँटवारी
सूचिकृत गर्नहुन प्रकाशित सूचना ।
सूची दर्ता गराउने बारेको सूचना ।
यस कार्यालय र अन्तर्गतका जिल्ला सरकारी वकील कार्यालय, झापा, इलाम, पाँचथर र ताप्लेजुङका मुद्दा विवरण २०७८ साल माघ महिना
२०७८ मंशिर महिनाको खर्चको फाँटवारी
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी ननयमावली, २०६५ को नियम ३ बमोजिम मासिक खर्चको फाँटवारी प्रकाश गरिएको सम्बन्धमा ।
सूचिकृत हुन आवह्वान गरिएको ।
नेपाल सरकारद्वारा स्वीकृत गरिएका २०७७ सालका विदा सम्बन्धी सुचना
उच्च सरकारी वकील कार्यालय, ईलामको आयोजना तथा सन्दकपुर गाउँपालिका न्यायिक समितिको सहकार्यमा मिति २०८२ साल मंसिर १२ गते शुक्रबारका दिन इलाम जिल्ला सन्दकपुर गाउँपालिकाको सभाहलमा उच्च सरकारी वकील कार्यालय, ईलामका नि.सहन्यायाधिवक्ता श्री उर्मिला दाहालज्यूको अध्यक्षता तथा सन्दकपुर गाउँपालिकाका अध्यक्ष श्री तुलाराम गुरुङ्गज्यूको प्रमुख आतिथ्यता, उक्त गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक श्री हरिबहादुर लुङ्गेलीज्यूको विशिष्ठ आतिथ्यता गर्नु भएको थियो भने सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू, न्यायिक समितिका सदस्यज्यूहरु अतिथिको रुपमा उपस्थित रहनु भएको थियो । सोही गाउँपालिकाका जनप्रतिनिधिज्यू, कर्मचारीहरु, मेलमिलापकर्ताहरु र स्थानीय बासिन्दा तथा व्यवसायी समेतको सहभागितामा न्यायिक समितिसँग छलफल तथा अन्तरक्रिय गरी समुदायमा सरकारी वकील कार्यक्रय सुसम्पन्न भएको छ । करिब ३:0० घण्टा सम्म संचालन भएकोमा उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, इलामका सहायक न्यायाधिवक्ता श्री तेजबहादुर सिंजाली मगरले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सरकारी वकीलको परिचय र भूमिका सम्बन्धमा र उच्च सरकारी वकील कार्यालय, इलामका नि.सहन्यायाधिवक्ता श्री उर्मिला दाहालज्यूले न्यायिक समितिले हेर्ने विवाद समाधान प्रकृया सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन कम्प्यूटर अपरेटर श्री पदम भण्डारी गर्नु भएको र कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई नायब सुब्बा श्री लिला खनालज्यूले स्वागत् मन्तव्य राख्दै स्वागत् गर्नु भएको थियो भने उच्च सरकारी वकील कार्यालय, इलामका अन्य कर्मचारीहरु श्री हरि सागर पंडित र रत्न प्रधान समेतको समन्वयमा सम्पन्न भएको थियो भने अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ सहायक न्यायाधिवक्ता तेजबहादुर सिंजाली मगर र नि.सहन्यायाधिवक्ता श्री उर्मिला दाहालज्यूले दिनु भएको थियो ।
सरुवा प्रतिवेदन ।
यस कार्यालय र अन्तर्गत जिल्ला सरकारी वकील कार्यालयहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङका २०७८ साल माघ महिनाको मुद्दा विवरण
नागरिक वडापत्र राखिएको ।
जिल्ला ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिकाको सभाहलमा मिति २०७८।१०।२० गते उच्च सरकारी वकील कार्यालय, इलाम र जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति २०७८ साल पौष ३० गते यस कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कनकाइ न.पा. मा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न भयो ।
उच्च क्षेत्र समन्वय समितिको बैठक सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समपन्न
मिति २०७८।८।०१ गते बुधबारका दिन यस कार्यालयको नियमित बैठकको निर्णयहरु प्रकाशन गरिएको छ ।
कर्मचारी पुरस्कृत गरिएको