• यस कार्यालयबाट सम्पादन हुने कामका सम्बन्धमा कुनै गुनासो, जिज्ञासा भए वा कुनै जानकारी चाहिएमा कार्यालयको फोन नं. ०१०५४०१७७, कार्यालय प्रमुखको मोबाइल नं. ९८५१२५४१७७ वा सूचना अधिकारीको मोवाइल नं. ९८६३१९५१०४ मा सम्पर्क गर्न सक्नुहुनेछ। साथै कार्यालयको इमेल dgao.rasuwa@ag.gov.np मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ।

परिचय

रसुवा जिल्ला प्रदेश नं. ३ अन्तर्गत तिब्बतसँग सिमाना जोडिएको हिमाली जिल्ला र क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो । पुर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ। आन्तरिक सिमाना छुट्याउने कार्यमा नदी खोलानाला, पहाड र बाटोहरु तथा अन्तराष्ट्रिय सिमाना छुट्याउने कार्यमा हिमाली चुचुराहरुको उपस्थिति रहेको छ। यस जिल्लामा उच्च हिमाली चुचुराहरु पहाडीक्षेत्रको पठार तथा समथर बेसी र टारहरु लगायतका विविध भौगोलिक विशेषताहरु पाउन सकिन्छ। 

हिन्दुहरुको पवित्र तिर्थस्थल गोसाइँकुण्ड र यस कुण्डलाई उद्गमस्थल बनाई प्रवाहित त्रिशुली नदीले जिल्लाको वैभव कायम गर्नमा महत्वपूर्ण भूमीका निभाएका छन्। यस जिल्लाको भौगोलिक वनावट, हावापानी, वनजङ्गलको विविधता, नदीनाला र कुण्ड विभिन्न जातिहरुको बसोबास, रहनसहन, भेषभुषा आदिको विविधता रहेकोले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्व बोकेको छ।

रसुवा जिल्ला लाई ५ वटा गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ। जसमा आमाछोदिङ्मो गाउँपालिका, गोसाईकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका रहेका छन्। नौकुण्ड गाउँपालिका र गोसाइकुण्ड गाउँपालिका ६/६ वडामा र अरु गाउँपालिका ५/५ वडामा विभाजन भएको छ।

भौगोलिक अवस्थिति:

  • अक्षांश       : २८ डिग्री ० मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री १५ मिनेट उत्तर

    देशान्तर      : ८५ डिग्री १५ मिनेटदेखि ८५ डिग्री ५० मिनेटपूर्व

    क्षेत्रफल      : १५१२ वर्ग कि.मि.

    सिमाना       :  पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासँग सिमाना जोडिएको छ ।

    सबभन्दा होचोस्थान  : ६१४ मिटर

    सबभन्दा अग्लोस्थान : लाङटाङ हिमाल ७,२२७ मिटर

    सदरमुकाम              : धुन्चे (१९५० मि.)

    भौगोलिक बनावटको हिसावले उच्च हिमशिखर, नाङ्गा पहाड, भीर, पाखापखेरा, केही पहाडी एवम् बेंसी भू–भाग रहेको यस जिल्लालाई मुख्यतया तीन भाग/क्षेत्रमा विभाजन गर्न सकिन्छ ।

जिल्ला सरकारी वकील, कार्यालय रसुवा जिल्ला सदरमुकाम धुन्चेमा अवस्थित रहेको छ। यस कार्यालयको स्थापना वि.सं.२०३७ सालमा भएको हो। यो कार्यालय ३-१३-३-३ क्षेत्रफलमा फैलिएको छ।
जनशक्तिः-

जिल्ला सरकारी वकील कार्यालय रसुवामा जिल्ला न्यायाधिवक्ता- १, सहायक जिल्ला न्यायाधिवक्ता- १, ना.सु.- १, खरिदार- १, सहायक कम्यूटर अपरेटर- १, हलुका सवारी चालक-१ र कार्यालय सहयोगी- ३ जना गरी जम्मा ९ जनाको दरवन्दी रहेको छ।

मुद्दा संख्याः-

आ.व. २०७९/०८० को मुद्दा संख्याः

अदालततर्फ

 

लगत

फछ्यौट

बाँकी

अनुसूची १ भित्रका अदालततर्फ

१८

११

अनुसूची २ भित्रका

जम्मा

२२

१४

जिल्ला प्रशासन कार्यालय तर्फका अनुसुची १ भित्रका

५१

१८

३३



१६ औ‌ निजामती सेवा दिवसको उपलक्ष्यमा कर्मचारी मिलनकेन्द्र, रसुवाद्धारा पुरस्कृत हुनुहुने यस कार्यालयका कार्यालय सहयोगी श्री कामीतुलु तामाङ लगायत पुरस्कृत हुनुहुने सम्पूर्ण लाई हार्दिक बधाई छ।


महिला तथा बालबालिका संलग्न भएका सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा बहस पैरवीमा प्रभावकारीता ल्याउन मिति २०७६/०५/१५ गते यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईको संयोजकत्वमा नायब सुब्बा श्री दधिराम बराल र सहायक कम्प्युटर अपरेटर श्री मधु पाण्डेय सदस्य रहेको महिला तथा बालबालिका सेल गठन गरिएको छ। साथै सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईलाई पीडित सहायता अधिकृत समेत तोकिएको छ।


सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।


सरकारी वकील कार्यालय, रसुवाबाट सम्पादित आ.व. २०७५/०७६ को वार्षिक कार्य प्रगती।




नेपालका सरकारी वकिलहरुको दोश्रो राष्ट्रिय सम्मेलन, २०७५


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

याम बहादुर बाँनीया

सुचना अधिकारी / सहायक जिल्ला न्यायाधिवक्ता ९८६३१९५१०४/ ९८४९४४७६५०

श्रृजना घिमिरे

नायब सुब्बा ९८५१११४०४१

देवनन्दन यादव

सहायक कम्प्युटर अपरेटर ९८४१८९३०४७

मदन पाण्डेय