समुदाय प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2076-2-9

समुदाय प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम

महान्यायाधिवक्ताको कार्यालयको दोश्रो पंञ्‍चवर्षिय रणनीतिक योजना बमोजिम यस कार्यालयको स्वीकृत वार्षिक कार्ययोजना एवं महान्यायाधिवक्ताको कार्यालयको परिपत्र अनुरुप मिति 2076/08/04 गते जिल्ला प्रहरी कार्यालय, रसुवासँगको समन्वयमा जिल्ला सरकारी वकील कार्यालय, रसुवाद्धारा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका, स्याफ्रुवेशीमा समुदाय प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्‍न भएको छ।   

कार्यक्रममा अपराध, अपराध अनुसन्धान, सूचना गर्ने प्रकृया र त्यसमा  समुदायको भूमीकाका विषयमा प्रहरी नायव उपरीक्षक श्री भाग्येन्द्र पुरुष ढकाल र सरकारी वकीलको भूमिका, उजुरी दर्ता प्रकृया, अनुसन्धान, अभियोजन, साक्षी संरक्षण, समुदायको भूमिका एवं समसामयीक कानूनका विषयमा सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

  उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख, गोसाईकुण्ड गाउँपालिका न्यायीक समितिका संयोजक, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला अदालत, रसुवाका श्रेस्तेदार, पत्रकार, बुद्धिजिवि, आमा समूह, मेलमिलापकर्ता, शिक्षक, विधार्थी लगायत 56 जनाको सहभागिता रहेको थियो।   

  सो क्रममा समाजमा घट्ने घटनाको सूचना दिने प्रकृया, नेपाल प्रहरी र सरकारी वकीलले पीडितका पक्षमा निर्वाह गर्ने भूमिका, पीडित तथा साक्षीको संरक्षण, वकपत्र भत्ताका सम्बन्धमा जानकार र आश्वास्त पारिएका कारण सहभागिहरुबाट समाजमा घट्ने आपराधिक घटनाको यथाशक्य छिटो जानकारी दिने, अनुसन्धानमा सहयोग गर्ने,  साक्षी  वस्ने र वकपत्रका लागि उपस्थित हुने प्रतिवद्धता समेत प्राप्‍त भयो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

आ.व. ०८१/०८२ को मुद्दाको विवरण


आ.व. ०८१/०८२ को मुद्दाको विवरण


मुद्दाको विवरण



१६ औ‌ निजामती सेवा दिवसको उपलक्ष्यमा कर्मचारी मिलनकेन्द्र, रसुवाद्धारा पुरस्कृत हुनुहुने यस कार्यालयका कार्यालय सहयोगी श्री कामीतुलु तामाङ लगायत पुरस्कृत हुनुहुने सम्पूर्ण लाई हार्दिक बधाई छ।


महिला तथा बालबालिका संलग्न भएका सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा बहस पैरवीमा प्रभावकारीता ल्याउन मिति २०७६/०५/१५ गते यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईको संयोजकत्वमा नायब सुब्बा श्री दधिराम बराल र सहायक कम्प्युटर अपरेटर श्री मधु पाण्डेय सदस्य रहेको महिला तथा बालबालिका सेल गठन गरिएको छ। साथै सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईलाई पीडित सहायता अधिकृत समेत तोकिएको छ।


सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।


सरकारी वकील कार्यालय, रसुवाबाट सम्पादित आ.व. २०७५/०७६ को वार्षिक कार्य प्रगती।




समाचार

श्री रसुवा माध्यमिक विद्यालय, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।२०)


श्री नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।१९)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८१।११।०६)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ सेतीभुमे माध्यमिक विद्यालय, कालिका गाउँपालिका वडा नं. १ राम्चे, रसुवा (२०८१।०३।१०)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ हाईल्याण्ड आवासिय माध्यमिक विद्यालय गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे (२०८१।०२।०७)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० उत्तरगया गा.पा. (२०८०।१०।२८)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० कालिका गा.पा. (२०८०।०९।२५)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० (२०८०।०६।११)


समुदायमा सरकारी वकील कार्यक्रम २०७९।०३।०१ धुन्चे, रसुवा


समुदायमा सरकारी वकील कार्यक्रम २०७८।१०।२९ टिमुरे, रसुवागढी