2082-8-7
मिति २०८२/०८/०३ गते जिल्ला सरकारी वकील कार्यालय, रसुवाका जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुसालको अध्यक्षतामा नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८० को दफा ४९ (ग) बमोजिम गठित जिल्ला समन्वय समितिको बैठक कार्यालयको बैठक कक्षमा सम्पन्न भयो । बैठकमा माननीय जिल्ला न्यायाधीश श्री ध्रुव कुमार उप्रेती, प्रमुख जिल्ला अधिकारी श्री राजेश पन्थी, श्रेष्तेदार श्री सरिता रिजाल, डिभिजनल वन अधिकृत श्री शम्भु तामाङ, रेन्जर श्री रुपेश लामा, बाल मनोविज्ञ श्री सुनितामाया गुरुङ, अधिवक्ता/ बैतनिक वकील श्री भानु निरौलालाई आमन्त्रित गरिएको थियो । उक्त बैठकमा प्रमाणमा आधारित अनुसन्धान र अभियोन, संशोधित कानून कार्यान्वयन, अनुसूची-२ को प्रकरण २,३ र ४ अन्तर्गतका कसूरमा अनुसन्धान, अभियोजन र निर्णय, फसैलाको जानकारी, सजाय पूर्वको प्रतिवेदन, साक्षी संरक्षण र पीडित प्रभाव प्रतिवेदन, मनोसामाजिक र मनोवैज्ञानिक प्रतिवेदन लगायत अन्य बालन्याय कार्यविधिको कार्यान्वयन, प्रारम्भिक प्रतिवेदन, अन्तरिम क्षतिपूर्ति, सजायमा छुट, कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत ) ऐन, २०७० को प्रयोग, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र OCMC, परीक्षण प्रतिवेदन लगायतका विषयमा छलफल गरी उल्लिखित विषयको प्राभावकारी कार्यान्वयनका लागि समबन्धित सबै सरोकारवाला निकायबीच समन्वय कायम गर्ने भन्ने निर्णय समेत गरियो ।
आ.व. ०८१/०८२ को मुद्दाको विवरण
आ.व. ०८१/०८२ को मुद्दाको विवरण
मुद्दाको विवरण
१६ औ निजामती सेवा दिवसको उपलक्ष्यमा कर्मचारी मिलनकेन्द्र, रसुवाद्धारा पुरस्कृत हुनुहुने यस कार्यालयका कार्यालय सहयोगी श्री कामीतुलु तामाङ लगायत पुरस्कृत हुनुहुने सम्पूर्ण लाई हार्दिक बधाई छ।
महिला तथा बालबालिका संलग्न भएका सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा बहस पैरवीमा प्रभावकारीता ल्याउन मिति २०७६/०५/१५ गते यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईको संयोजकत्वमा नायब सुब्बा श्री दधिराम बराल र सहायक कम्प्युटर अपरेटर श्री मधु पाण्डेय सदस्य रहेको महिला तथा बालबालिका सेल गठन गरिएको छ। साथै सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईलाई पीडित सहायता अधिकृत समेत तोकिएको छ।
सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।
सरकारी वकील कार्यालय, रसुवाबाट सम्पादित आ.व. २०७५/०७६ को वार्षिक कार्य प्रगती।
जिल्ला समन्वय समिति बैठक सम्पन्न भएको सम्बन्धी: मिति २०८२।०८।०३ गते
जिल्ला समन्वय समिति बैठक सम्पन्न भएको सम्बन्धी:
श्री रसुवा माध्यमिक विद्यालय, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।२०)
श्री नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।१९)
समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८१।११।०६)
समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ सेतीभुमे माध्यमिक विद्यालय, कालिका गाउँपालिका वडा नं. १ राम्चे, रसुवा (२०८१।०३।१०)
समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ हाईल्याण्ड आवासिय माध्यमिक विद्यालय गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे (२०८१।०२।०७)
समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० उत्तरगया गा.पा. (२०८०।१०।२८)
समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० कालिका गा.पा. (२०८०।०९।२५)
समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० (२०८०।०६।११)