2083-2-5
मिति २०८३/०२/०१ गते जिल्ला सरकारी वकील कार्यालय भोजपुरका जिल्ला न्यायाधिवक्ता श्री रेणुका राईज्यूको अध्यक्षतामा जिल्ला भोजपुर, पौवादुङमा गा.पा. वडा नं. २ तिवारीभञ्ज्याङ्गमा अवस्थित श्री तिवारीभञ्ज्याङ्ग माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सरकारी वकील कार्यालय तथा सरकारी वकीलको परिचय दिदै सरकारवादी फौजदारी मुद्दाहरुको प्रकार, प्रकृया तथा सुनावाई र सजाय समेतका बारेमा कार्यपत्र प्रस्तुत गर्नुको साथै सरकारवादी भई चल्ने मुद्दाहरु जस्तै: जवरजस्ती करणी, लागु औषध, मानव बेचबिखन जस्ता मुद्दाहरुको बारेमा मुलुकी अपराध संहिता र अन्य प्रचलित विषेश ऐन, कानूनमा भएका व्यवस्थाहरुको बारेमा विस्तृत रुपमा प्रकाश पार्नु भएको थियो । साथै समाजमा घट्ने यस्ता घटनाहरुमा व्यक्ति तथा समुदायको के-कस्तो जिम्मेवारी र भुमिका रहन्छ भन्ने विषयमा समेत प्रकाश पार्नुभयो । जसमा सहभागीहरुको उत्साहपूर्ण उपस्थिति रहनुको साथै विद्यार्थी भाईबहिनीहरुले लागू औषध, कालो बजारी, घरेलु हिंसा, बालबिवाह जस्ता फौजदारी मुद्दाहरु विषयमा प्रश्न समेत गरेका थिएँ भने त्यसको जवाफ जिल्ला न्यायाधिवक्ता श्री रेणुका राईले दिनुभयो । उक्त कार्यक्रममा सोही विद्यालयका सहायक प्रधानाध्यापक श्री नारायण बहादुर खड्का समेतका शिक्षक, शिक्षिकाहरु, Social Movilizer सुरक्षा सापकोटा समेत गरी जम्मा ७१ जना सहभागीको उपस्थिति रहेको थियो, भने सहभागीहरुको उत्साहपूर्ण सहभागिता समेत रहेको थियो ।
समुदायमा सरकारी वकील कार्यक्रम २०८३
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकी कार्यक्रम
समुदायमा सरकारी वकील
समुदायमा सरकारी वकील ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न
साल्पासिलिछो गा.पा. मा समुदायमा सरकारी वकील र कानूनी सचेतना कार्यक्रम सम्पन्न ।