समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न

samachar

2079-6-13

मिति २०७९/०६/०३ गते यस जिल्ला सरकारी वकील कार्यालय भोजपुरको यस आ.व.२०७९/०८० को पहिलो कार्यक्रमको रुपमा जिल्ला सरकारी वकील कार्यालय भोजपर, उच्च सरकारी वकील कार्यालय, धनकुटा, भोजपुर जिल्ला अदालत भोजपुर र जिल्ला प्रहरी कार्यालय भोजपुर समेतको संयुक्त आयोजनामा पौवादुङ्मा गाउँपालिका वडा नं. ३ स्थित श्री पत्र्चकन्या मा.वि. च्याङ्गे भोजपुरमा सम्पन्न भयो । जि.न्या.व. श्री कल्पना राईज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा पौवादुङ्मा गा.पा. का अध्यक्ष श्री किरण राईज्यू, विशिष्ट अतिथिमा उच्च सरकारी वकील कार्यालय, धनकुटाका सह-न्यायाधिवक्ता श्री गोबिन्द खनाल, अतिथिहरु  मा.जि.न्या. श्री मणीराम न्यापाने, पौवादुङ्मा गा.पा. का उपाध्यक्ष जोत्सना राई, उपन्यायाधिवक्ता श्री गोकुल बहादुर निरौला, स.जि.न्या.व. श्री नारायणप्रसाद घिमिरे, पौवादुङ्मा गा.पा. का प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराई, वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, मेलमिलापकर्ता, महिला बालबालिका, विद्यार्थी समेतको उपस्थिती रहेको थियो ।

      कार्यक्रममा सरकारवादी मुद्दाहरुमा प्रहरी, सरकारी वकील र अदालत बिचको समन्वय अभियोजन प्रकृया, अदालतमा उपस्थित भई गरिने मुद्दाको प्रतिरक्षाको क्रममा गरिने सम्पूर्ण प्रकृया, न्याय निरुपणमा हुने प्रकृयाहरु बारे बिस्तृत प्रस्तुती मा.जि.न्या. श्री मणीराम न्यापाने र स.जि.न्या.व. नारायणप्रसाद घिमिरेज्युूबाट भयो । त्यसपश्चात समुदायसँग अन्तक्रिया कार्यक्रम अन्तर्गत सहभागिहरुबाट उठेको विविध प्रश्न, जिज्ञासाहरु माथि मा.जि.न्या. श्री मणीराम न्यापाने, उपन्यायाधिवक्ता श्री गोकुल बहादुर निरौला, जि.न्या.व. श्री कल्पना राईज्यू र स.जि.न्या.व. श्री नारायणप्रसाद घिमिरेज्यू समेतले जवाफ दिनुभयो ।  

      अन्त्यमा सहभागिको तर्फबाट पौवादुङ्मा गा.पा. वडा नं. ३ का सन्तोष कोईरालाले कार्यक्रम प्रति स-धन्यवाद ज्ञापन गर्दै आगमी दिनमा पनि यस्भो किसिमको कार्यक्रम समुदायस्तरमा पुर्‍याउनु पर्ने भन्दै सुभेक्षा र शुभकामना समेत प्रदान गर्नु भई । पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राई तथा उपाध्यक्ष श्री जोत्सना राई समेतले  मन्तव्य र कार्यक्रममाथि टिप्पणी गर्दै यस कार्यक्रमको प्रशंसा गर्नुको साथै यस्तो कार्यक्रमलाई समुदायस्तरमा लैजादा जनसमुदायमा यसको महत्व धेरै हुने र सर्वसाधारणले न्यायको पहुँचमा सजिलै पुग्न सक्ने साथै अपराध नियन्त्रणमा समेत टेवा पुग्ने भएकोले यस कार्यक्रमको हार्दिक स्वागत गर्नुभयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments