समुदायमा सरकारी वकील ।

samachar

2080-6-23

मिति २०८०/०६/१७ गते जिल्ला सरकारी वकील कार्यालय भोजपुरका नि. जिल्ला न्यायाधिवक्ता श्री कल्याण पराजुलीज्यूको अध्यक्षतामा जिल्ला भोजपुर, भोजपुर न.पा. वडा नं. १२ टक्सारमा अवस्थित श्री यशोधरा माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील र कानूनी सचेतना कार्यक्रम संचालन भई उहाँले सरकारी वकीलको  परिचय दिदै सरकारवादी फौजदारी मुद्दाको प्रकृया, शंकितलाई पक्राउ गर्ने र सो सम्बन्धी कार्यविधि, शंकितका आधारभुत अधिकारहरु, स्वच्छ सुनुवाईका आधारभुत मान्यताहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुको साथै  जवरजस्ती करणी, लागु ‍‍‍औषध सम्बन्धी कसूर जस्ता मुद्दाको बारेमा मुलुकी अपराध संहिता र अन्य प्रचलित ऐन, कानूनमा भएका व्यवस्थाहरुको बारेमा विस्तृत रुपमा कार्यपत्र बारेमा प्रकाश पार्नु भएको थियो । साथै समाजमा घट्ने यस्ता घटनाहरुमा समुदायको के कस्तो जिम्मेवारी रहन्छ भन्न‍े विषयमा समेत व्याख्या गर्नु भयो । यस्तै विशेष अतिथिका रुपमा भोजपुर जिल्ला अदालतको माननीय जिल्ला न्यायाधिश श्री मणीराम न्यौपानेज्यू समेत उक्त कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो, अन्य ७२ जना सहभागीको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरु उत्साहित र जिज्ञासु समेत रहेको देखियो ।  


संलग्न जोडिएका विवरणहरु

भोजपुर नगरपालिका वडा नं. १२ टक्सारमा मिति २०८०/०६/१७ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो । download