2080-11-14
सरकारी वकीललाई समुदायमा परिचित गराई सरकारवादी भई चल्ने मुद्दा सम्बन्धी काम कारवाहीमा समुदायको सहयोग प्राप्त गर्ने वातावरण तयार गर्ने, सरकारी वकील कार्यालयको संगठनात्मक संरचना र सरकारी वकीलले सम्पादन गर्ने काम कारवाहीको बारेमा समुदायलाई जानकारी गराउने, अपराधको सूचना दिने लगायत अपराध पीडितको सहायता र संरक्षण विषयमा समुदायलाई जानकारी गराई सहयोग लिने वातावरण निर्माण गर्ने, सरकावादी मुद्दाको अनुसन्धान, अभियोजन, साक्षी प्रमाणको प्रकृयाहरुमा समुदायलाई जानकारी गराई समुदायबाट सहयोग प्राप्त हुने वातावरण निर्माण गर्ने समेतका विषयमा प्रकाश पार्दै विस्तृत रुपमा समुदायमा सरकारी वकील र कानूनी सचेतना विषयक कार्यपत्र प्रस्तुत गर्दै बालविवाह, बहुविवाह, जवरजस्ती करणी, मानव बेचबिखन, साईवर अपराध, लागु औषध, सवारी दुर्घटनाजस्ता मुद्दाहरुमा मुलुकी अपराध संहिता र अन्य प्रचलित ऐन, कानूनमा भएका व्यवस्थाहरुको बारेमा जिल्ला सरकारी वकील कार्यालय भोजपुरका निमित्त जिल्ला न्यायाधिवक्ता श्री कल्याण पराजुलीले विस्तृत रुपमा कार्यपत्र बारेमा प्रकाश पार्नु भयो भने नेपाल बार एसोसिएशन भोजपुरका अधिवक्ताहरु श्री तिर्थकुमार राई तथा उत्तमसिंह राईले अदालतमा हुने सम्बन्ध विच्छेद, लेनदेन, अंश, नाता प्रमाण लगायतका अन्य दुनियावादी देवानी मुद्दाहरुको बारेमा थप प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रम संचालन जिल्ला सरकारी वकील कार्यालय, भोजपुरका ना.सु. श्री महेश खतिवडाले गर्नुभएको थियो ।
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकी कार्यक्रम
समुदायमा सरकारी वकील
समुदायमा सरकारी वकील ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न
साल्पासिलिछो गा.पा. मा समुदायमा सरकारी वकील र कानूनी सचेतना कार्यक्रम सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम दिङ्ला भोजपुरमा सम्पन्न ।