2082-12-24
मिति २०८२ साल चैत्र २0 गते शुक्रवारका दिन बाके जिल्लाको डुडुवा गाँउपालिकामा रहेको जयन्दु वाल सुधार गृहमा उच्च सरकारी वकील कार्यालय नेपालगञ्जका तर्फबाट समुदायमा सरकारी वकील कार्यक्रम आयोजना गरियो । कार्यक्रममा उच्च सरकारी वकील कार्यालय नेपालगञ्जमा कार्यरत सबै सरकारी वकीलहरूका साथै अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमा एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्तराज गौतम, समाज सेवी जयकेश सिंह तथा वाल सुधार गृहका प्रमुख किशोर शर्माको समेत उपस्थिति रहेको थियो ।
वाल सुधार गृहमा रहेका बिज्याँइकर्ता वालकहरूले न्यायिक प्रकृयामा बालमैत्री व्यवहार नभएको, अदालती प्रकृया तथा अनुसन्धानका क्रममा कानूनमा लेखेका विषय भन्दा व्यवहारमा फरक रहेको गुनासो गरेका थिए । अनुसन्धानका क्रममा जबरजस्ती बयान गराउने, पीडित भनिएका व्याक्तिहरूका आफन्तको कागज गराउने तर हामि विज्याँइकर्ताहरूका अविभावकहरूको कागज नगराउने । एकतर्फि रूपमा अनुसन्धान गरिएको भन्दै केही विज्याँइकर्ता वालकहरूले अनुसन्धानका क्रममा बयान लिदा प्रहरीले यातना दिएको गुनासो समेत गरेका थिए ।
मुख्यतया सुधार गृहमा रहने अवधि छुटका लागी परेका निवेदनमा ढिला सुनुवाइ भएकाले छुटको महत्व घटेको र सो अनुसारको प्रतिफल वालकहरूले प्राप्त नगरेको गुनासो गरे । सोही कार्यक्रममा विशेषतः जबरजस्ती करणी सम्बन्धी मुद्दामा सजाय अत्याधिक चर्को हुने गरेको, म्याद तामेली समयमा हुने नगरेको, बालवालिकालाइ सुधार गृहमा राख्ने कानून भएपनि यसरी सुधारगृहमा राख्दा कैदी पुर्जि दिने गरेको, सुधारगृहमा स्कूलको व्यवस्था नभएका कारण शिक्षाबाट वञ्चित हुनु परेको, मुद्दा सुनुवाइका समयमा उपस्थित भइ अफ्नो कुरा राख्न नपाएको, आफुहरूको नाम भिडियो बनाएरनै सार्वजनिक गरिएकाले यस्ता कार्य रोक्न तथा समय अनुसार बालसुधार गृहका संरचना उपलब्ध सुविधाको सुधार हुनु पर्ने भनि गुनासो सहित अनुरोध गरेका थिए ।
सो कार्यक्रमा बाल सुधार गृहका प्रमुख किशोर शर्माले बालसुधार गृह भित्रका समस्या तथा विज्याँइकर्ता बालकहरूका जायज मागहरूका बारेमा जानकारी गरार्इ सम्बन्धित स्थानमा पहलका लागी अनुरोध गर्नु भएको थियो । एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्तराज गौतमले बालन्यायका सम्बन्धमा अदालती प्रकृयामा देखिएका अप्ठ्याराहरू, बालविज्याँइकर्ताका समस्या समाधानमा एडभोकेसी फोरम तथा स्वयं आफ्ना तर्फबाट भएका प्रयासका बारेमा सारगर्भित जानकारी गराउनु भयो ।
समाजसेवी जयकेश सिँहले बिज्याइकर्ता वालवालिकाहरू पनि भविश्यमा राम्रा नागरिक भएर निस्किन सक्ने हुँदा वालसुधार गृहमा रहेको समयलाइ सदुपयोग गरी ज्ञानमुलक विषयमा समय दिन र वानि व्यहोरालाइ थप सुधार गर्न वालकहरूलार्इ उत्प्रेरित गराउनु भयो ।
उच्च सरकारी वकील कार्यालयका तर्फबाट सह न्यायाधिवक्ता यदुनाथशर्मा तथा अन्य सरकारी वकीलहरू उपन्यायाधिवक्ता कर्णवहादुर वुढा क्षेत्री, खुमवहादुर कुँवर तथा सहायक न्यायाधिवक्ता नमुना गिरीले, प्रचलित कानूनले सरकारी वकीललाइ दिएको जिम्मेवारी अनुसार बिज्याँइकर्ता वालवालिकाको मानव अधिकार तथा वाल अधिकार रक्षाका लागी सरकारी वकीलले खेल्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।सो कार्यक्रमा बालसुधार गृहमा रहेका बालकहरूले राखेका जिज्ञासा सहितका प्रश्नहरूको सिलसिलेवार रूपमा जवाफ दिइएको र कानूनी समस्या, व्यावहार तथा न्यायिक पद्दतिका अप्ठ्यराहरू हटाउन आफ्नो तर्फबाट पहल गर्ने विश्वास दिइएको थियो ।
वास्तवमा वालवालिकाहरू नियतवस अपराधजन्य कार्यमा नलागे पनि परिस्थिति वस कसुरजन्य कार्यमा लागेका सहज अनुमान गर्न सकिन्थ्यो । सामाजिक, अर्थिक, पारिवारीक परिवेश, शिक्षाको कमी, पारिवारिक संरक्षणको अभाव इत्यादि कारणले धेरै विज्याँकर्ताहरू कसुरजन्य कार्यमा संलग्न भएको निजहरूले राखेका गुनासा सहितका अभव्यक्तिबाट देखियो । नेपालमा बाल सुधारका पहलहरू अत्यन्तै कम भएका र भएका पनि प्रभावकारी नदेखिएका सहजै अनुमान गर्न सकिने रहेछ । सुधारका बैकल्पिक कानूनी व्यवस्था लागु गर्ने भन्दा पनि वन्दि वनाइराख्ने अदालति अभ्यास तथा सोही अनुसारको कानूनले बालवालिकाको सुधारका लक्ष्य पुरा हुने देखिदैन । सामान्य कैद हुने कसुरजन्य कार्यमा पनि वालकहरूलार्इ बाल सुधारगृहमा पठाउने र उनिहरूको सुधारमा ध्यान पुर्याउने प्रयाप्त सुविधा वालसुधारगृहमा प्राप्त नहुने, वालसुरधार गृहमा वस्नु पर्ने अवधि छुटदिने कानूनलाइ लागु नगर्ने, प्रोवेशन तथा प्यारोलका कानूनी प्रावधानहरूलार्इ व्यवहारतः लागु गर्न नसक्दा प्रभावकारी रूपमा सुधारात्मक दण्ड प्रणालिले मुर्त रूप लिन सकेको देखिएको छैन ।यसमा समयमानै पहलकदमी लिनुपर्नेमा दुनइमत देखिदैन ।
२०८२।१२।२4 गते नेपालगञ्ज
मुद्दाको मासिक प्रतिवेदन
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८२ फाल्गुण महिनाको उच्च सरकारी वकील कार्यालय नेपालगंजको मुद्दाको मासिक प्रतिवेदन।
समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न
मिति २०८२।०६।२४ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय नेपालगंज, जिल्ला सरकारी वकील कार्यालय बाँके र बर्दियामा कार्यरत कर्मचारीहरुको २६ औँ कर्मचारी बैठकको निर्णय।
मिति २०८२।०६।२४ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय नेपालगंजको २५ औँ कर्मचारी बैठकको निर्णय।
मिति २०८२।०५।२५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय नेपालगंजको २४ औँ कर्मचारी बैठकको निर्णय।
उच्च सरकारी कार्यालयले जारी गरेको सूचना ।
मिति २०८२ श्रावण महिनाको उच्च सरकारी वकील कार्यालय नेपालगंजको मुद्दाको मासिक प्रतिवेदन।
मिति २०८१ सालको उच्च सरकारी वकील कार्यालय नेपालगंजको मुद्दाको बार्षिक प्रतिवेदन।
मिति २०८२ साल चैत्र २० गते शुक्रवारका दिन बाँके जिल्लाको डुडुवा गाँउपालिकामा रहेको जयन्दु वाल सुधार गृहमा उच्च सरकारी वकील कार्यालय नेपालगञ्जका तर्फबाट समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८२।०२।२१ गते बाँकेको नेपालगंज स्थित आदर्श मा.वि. राँझामा विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८१।११।०४ गते कानूनी राय र रिट निवेदनको लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिति २०८१।१०।२९ गते बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाल अधिकार संरक्षण विषयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न