उच्च सरकारी वकील कार्यालय
नेपालगंज।
सुशासन (व्यव्थापन तथा संचालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा संचालन)
नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ
नागरिक बडापत्र
क्र.स. |
प्रदान गरिने सेवा |
आवश्यक कागजातहरु |
सेवा प्रवाह गर्दा लाग्ने समय |
सेवा दस्तुर |
सेवा प्रदान गर्ने विभाग/सचिवालय/महाशाखा/शाखा |
निर्णय गर्ने पदाधिकारी |
गुनासो सुन्ने अधिकारी |
१ |
नेपाल सरकारको तर्फबाट अभियोग पत्र/पुनरावेदन पत्र निवेदन पत्र/उच्च अदालतमा दायर गर्ने गराउने |
सम्बन्धित मुद्दाको मिसिल कागज |
कानूनले तोकेको हदम्याद भित्र |
नलाग्ने |
मुद्दा शाखा |
सहन्यायाधिवक्ता/उपन्यायाधिवक्ता/सहायक न्यायाधिवक्ता |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
२ |
नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने (आंशिक समेत) निर्णय गरी निकाशार्थ महान्यायाधिवक्ताको कार्यालय पठाउने |
सम्बन्धित मुद्दाको मिसिल कागज |
कानूनले तोकेको हदम्याद भित्र |
नलाग्ने |
मुद्दा शाखा |
सहन्यायाधिवक्ता |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
३ |
नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन(अन्तरकालिन आदेश उपरको निवेदन, दोहोर्याई हेरी पाउने निवेदन र पुनरावलोकन निवेदन) सम्बन्धि प्रस्ताव महान्यायाधिवक्ताको कार्यालय पठाउने |
सम्बन्धित मुद्दाको नक्कल मिसिल तथा सरकारी वकीलको प्रस्तावित राय/सम्यौदा |
कानूनले तोकेको हदम्याद भित्र |
नलाग्ने |
पुनरावेदन शाखा |
तोकिएको सरकारी वकील |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
४ |
उच्च अदालतले गरेको आदेश वा फैसला (मुद्दा तथा रिट) को कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखि पठाउने |
आदेश वा फैसलाको प्रमाणित प्रतिलिपी |
आदेश वा फैसला प्राप्त भएको मितिले ७(सात) दिन |
नलाग्ने |
रिट/मुद्दा शाखा |
सहन्यायाधिवक्ता/उपन्यायाधिवक्ता/सहायक न्यायाधिवक्ता |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
५ |
कानूनी राय सल्लाह प्रदान गर्ने |
सरकारी वकील सम्बन्धि नियमावली, २०७७ को नियम ३८ बमोजिम रित पूर्वकका कागजात |
पत्र सहितका कागजात प्राप्त भएको मितिले ७ (सात) दिन |
नलाग्ने |
मुद्दा/राय/उच्च सरकारी वकील कार्यालय |
सहन्यायाधिवक्ता/उपन्यायाधिवक्ता/सहायक न्यायाधिवक्ता |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
६ |
हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा आफन्त वा आवश्यक निर्देशन दिने |
उजुरीलाई पुष्टि गर्ने कागज वा विवरण वा जानकारी |
उजुरी वा जानकारी प्राप्त भएको मितिले ७(सात)दिन |
नलाग्ने |
मुद्दा/प्रशासन |
सहन्यायाधिवक्ता/उपन्यायाधिवक्ता/सहायक न्यायाधिवक्ता |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
७ |
नेपाल सरकार/कार्यालयका प्रमुख/पदाधिकारीबाट प्राप्त लिखित जवाफ उच्च अदालतमा पेश गर्ने |
सम्बन्धित निकायको लिखित जवाफ (विद्युतिय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात |
लिखित जवाफ प्राप्त भएपछि दुई दिन भित्र |
नलाग्ने |
रिट शाखा |
रिट शाखा प्रमुख |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
८ |
कारागार तथा बाल सुधार गृहमा रहेका कैदी तथा थुनुवाको मानव अधिकारको अवस्था बारे अनुगमन गरी आवश्यक निर्देशन दिने |
अनुगमन प्रतिवेदन, अन्य कुनै स्रोतबाट प्राप्त सूचना, जानकारी वा उजुरी |
मनासिव समय भित्र |
नलाग्ने |
मुद्दा/निवेदन/प्रतिवेदन/प्रशासन |
सहन्यायाधिवक्ता/उपन्यायाधिवक्ता/सहायक न्यायाधिवक्ता |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
९ |
मुद्दाको अन्तिम भए/नभएको निवेदन वा कारागार/बालसुधार गृह एवं अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक कारवाही गर्ने |
निवेदन/पत्र तथा जानकारी माग गरिएको मुद्दाको अन्तिम फैसलाको प्रमाणित प्रतिलिपी |
निवेदन वा पत्र प्राप्त भएको मितिले ३ (तिन) दिन |
नलाग्ने |
पुनरावेदन शाखा |
पुनरावेदन शाखा प्रमुख |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
१० |
कसूर पीडित/प्रतिवादी/अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन उपर आवश्यक कार्वाही गर्ने |
निवेदन तथा सो संग सम्बन्धित आवश्यक कागजात |
निवेदन प्राप्त भएको मितिले ३ (तिन) दिन भित्र |
नलाग्ने |
मुद्दा/निवेदन/प्रतिवेदन/प्रशासन शाखा |
मुद्दा शाखा प्रमुख |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
११ |
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७(२) बमोजिम मिलापत्र गराउने आदेश दिने/नदिने निर्णय निकासा दिने। |
पीडीत तथा प्रतिवादीको संयुक्त निवेदन, नक्कल मिसिल तथा सम्बन्धित जिल्ला सरकारी वकील कार्यालयको राय |
मिसिल प्राप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र |
नलाग्ने |
मुद्दा/निवेदन/प्रतिवेदन/प्रशासन शाखा |
सहन्यायाधिवक्ता |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
१२ |
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७(२) बमोजिम मिलापत्र हुनसक्ने प्रकृतिका नेपाल सरकार वादी हुने मुद्दामा अनुसन्धान कै चरणमा प्रतिवादीले पीडीतलाई बुझाउनु पर्ने विगो हर्जना रकम बुझाई वा कुनै शर्तमा कार्वाही अगाडी नबढाउन पीडित र प्रतिवादी सहमत भई मुद्दा नचलाउने निर्णय साथ प्राप्त मुद्दा |
पीडित तथा प्रतिवादीको संयुक्त निवेदन सहित मिसिल सम्बन्धित जि.स.व.का.बाट निर्णय |
कानूनको म्याद भित्र |
नलाग्ने |
मुद्दा/निवेदन/प्रतिवेदन/प्रशासन शाखा |
सहन्यायाधिवक्ता |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |
१३ |
३ वर्ष वा सो भन्दा कम कैद सजाय वा पच्चीस लाख रुपैया सम्म विगो दावी लिई अभियोगपत्र दायर भएको मुद्दामा जिल्ला अदालतबाट भएको फैसला उपर पुनरावेदन नगर्ने अन्तिम निकासा दिने |
जि.स.व.का.बाट पुनरावेदन सम्बन्धि प्रस्ताव |
कानूनको म्याद भित्र |
नलाग्ने |
मुद्दा/निवेदन/प्रतिवेदन/प्रशासन शाखा |
सहन्यायाधिवक्ता |
सहन्यायाधिवक्ता/कार्यालय प्रमुख |