2082-2-22
बाँकेको नेपालगंज स्थित आदर्श मा.वि. राँझामा विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
उच्च सरकारी वकील कार्यालय नेपालगंज र जिल्ला सरकारी वकील कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेको नेपालगंज स्थित आदर्श मा.वि. राँझामा विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम मिति २०८२ साल जेठ २१ गते विद्यालय परिसरमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सहभागीहरुलार्इ सरकारी वकीलको परिचय, सरकारवादी फौजदारी मुद्दाहरू र समुदाय र सरकारी वकील बीचको अन्तर सम्बन्धका विषयमा उच्च सरकारी वकील कार्यालय नेपालगंजका सहायक न्यायाधिवक्ता सृजना आचार्यले कार्यपत्र प्रस्तुत गरी जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले उठाएका जिज्ञाशाहरुको सम्बोधन उच्च सरकारी वकील कार्यालय नेपालगंजका सहन्यायाधिवक्ता अशोकराज रेग्मी, जिल्ला सरकारी वकील कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता देवराज भारती, कार्यपत्र प्रस्तोता सहायक न्यायाधिवक्ता सृजना आचार्य र सहायक जिल्ला न्यायाधिवक्ता शंकर वि.क. ले गर्नुभएको थियो ।
उच्च सरकारी वकील कार्यालय नेपालगंजका सहन्यायाधिवक्ता अशोकराज रेग्मीले सरकारी वकील र सरकारवादी फौजदारी मुद्दाको विषयमा विद्यार्थीहरुलार्इ जानकारी गरार्इ अपराध न्यूनीकरण गर्न सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
जिल्ला सरकारी वकील कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता देवराज भारतीले सरकारवादी फौजदारी कानूनको उल्लंघन गरेमा सजायको भागिदार हुनुपर्ने भएकाले सबैले कानून जान्न जरुरी भएको उल्लेख गर्नुभयो ।
उहाँले पीडित व्यक्तिले आफू अपराधबाट पीडित भएमा त्यसको जानकारी प्रहरी कहाँ निवेदन र जाहेरी लिएर जानुका साथै परिवार र समाजले समेत दोषीलार्इ कारबाही गर्नमा प्रहरी र सरकारी वकीललार्इ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
आदर्श मा.वि. राँझाका प्रधानाध्यापक प्रकाश आचार्यले सरकारवादी फौजदारी मुद्दाको कानूनी प्रकृया र सरकारी वकीलको काम कारबाहीबारे कार्यक्रम आयोजनाबाट विद्यार्थी र शिक्षकहरुलार्इ महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनुभयो ।
उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय नेपालगंजका सहन्यायाधिवक्ता अशोकराज रेग्मीको अध्यक्षता सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन र सहजिकरण जिल्ला सरकारी वकील कार्यालय बाँकेका सहायक जिल्ला न्यायाधिवक्ता शंकर वि.क. ले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी, शिक्षक र सरकारी वकील गरी ७२ जनाको सहभागीता रहेको थियो ।
मुद्दाको मासिक प्रतिवेदन
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८२ फाल्गुण महिनाको उच्च सरकारी वकील कार्यालय नेपालगंजको मुद्दाको मासिक प्रतिवेदन।
समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न
मिति २०८२।०६।२४ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय नेपालगंज, जिल्ला सरकारी वकील कार्यालय बाँके र बर्दियामा कार्यरत कर्मचारीहरुको २६ औँ कर्मचारी बैठकको निर्णय।
मिति २०८२।०६।२४ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय नेपालगंजको २५ औँ कर्मचारी बैठकको निर्णय।
मिति २०८२।०५।२५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय नेपालगंजको २४ औँ कर्मचारी बैठकको निर्णय।
उच्च सरकारी कार्यालयले जारी गरेको सूचना ।
मिति २०८२ श्रावण महिनाको उच्च सरकारी वकील कार्यालय नेपालगंजको मुद्दाको मासिक प्रतिवेदन।
मिति २०८१ सालको उच्च सरकारी वकील कार्यालय नेपालगंजको मुद्दाको बार्षिक प्रतिवेदन।
मिति २०८२ साल चैत्र २० गते शुक्रवारका दिन बाँके जिल्लाको डुडुवा गाँउपालिकामा रहेको जयन्दु वाल सुधार गृहमा उच्च सरकारी वकील कार्यालय नेपालगञ्जका तर्फबाट समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८२।०२।२१ गते बाँकेको नेपालगंज स्थित आदर्श मा.वि. राँझामा विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८१।११।०४ गते कानूनी राय र रिट निवेदनको लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिति २०८१।१०।२९ गते बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाल अधिकार संरक्षण विषयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न