मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न

samachar

2080-12-19

मिति २०८०।१२।१९ गते जिल्ला सरकारी वकील कार्यालय¸ जाजरकोटमा जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरीको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसेको थियो । बैंठकमा जिल्ला न्यायाधिवक्ता रत्न प्रकाश गिरी, स्रेस्तेदार नारायण सापकोटा, स.प्र.जि.अ. हरिश्चन्द्र शर्मा, प्र.नि. माधव विश्वकर्मा, नि.डि.व.अ. राधाकृष्ण दास, ना.सु. नारायण प्रसाद पौडेल र खरिदार गणेश बहादुर घर्तिको सहभागिता रहेको थियो । बैंठकमा यस भन्दा अगाडि गरिएका निर्णयहरुको कार्यान्वयनको अवस्थाको बारेमा समिक्षा गरी थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, अपराध अनुसन्धान वैज्ञानिक र प्रविधिमा आधारित हुन सकेको अवस्था नदेखिँदा अपराधको सूचना प्राप्त भएदेखि नै अपराधको अनुसन्धान प्रविधिमा आधारित भई वैज्ञानिक तवरले गर्न गराउनको लागि अनुसन्धान अधिकारीहरुलाई उत्प्रेरित गर्ने गराउने र फौजदारी अपराधको सुचना तथा सो पश्चात पीडित साक्षीहरुको प्रवृत्ती सम्बन्धमा विश्लेषण गर्दा समुदाय स्तरसम्म अझै पनि फौजदारी कसूर तथा सोको परिणामको बारेमा बोध नभएको जस्तो देखिएको हुँदा सबै कार्यालयहरुले आ-आफ्नो तर्फबाट फौजदारी कसूर/अपराध सम्बन्धि सचेतना अभिवृद्धिको लागि पहल गर्ने तथा सचेतना अधिवृद्धिको लागि ठोस योजना सहित अर्को बैंठकमा प्रस्तुत हुने निर्णय गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments