मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न

samachar

2080-6-15

मिति २०८०।६।१० गते जिल्ला सरकारी वकील कार्यालय जाजरकोटमा समन्वय समितिको बैठक बसी मुद्दामा बकपत्रको लागि प्रहरी कार्यालय¸ वन कार्यालयबाट साक्षीहरुले पत्र लिई जिल्ला सरकारी वकील कार्यालयमा उपस्थित हुनु पूर्व केही मुद्दाका साक्षीहरुलाई विचमा नै प्रतिवादी पक्षले प्रभावित पार्ने गरेको देखिएको¸ कतिपय साक्षीहरु सिधै अदालत जाने गरेको हुँदा आगामी दिनहरुमा जिल्ला प्रहरी कार्यालय¸ डिभिजन वन कार्यालय लगायतका अनुसन्धान गर्ने निकायहरुबाट सरकारी वकील कार्यालयमा साक्षीहरु उपस्थित गराउँदा प्रहरी कर्मचारी तथा सम्बन्धित कार्यालयको कर्मचारीको जिम्मा लगाई उपस्थित गराउनको लागि समन्वय गर्ने र समन्वय समिति गठनको उद्देश्य अनुरुप अपराध अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन¸ विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन¸ अपराधको न्यूनिकरण तथा सरकारी सम्पत्तीको संरक्षण र सम्बद्धनको लागि सरोकारवाला सबै निकायले समन्वय र सहकार्य गर्ने गराउने निर्णय गरिएकाे ।


संलग्न जोडिएका विवरणहरु

No Attachments