मिति २०७९/०९/२६ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2079-11-27

मिति २०७९/०९/२६ गते जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं.७ स्थित नलगाड नगरपालिकाको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । झण्डै ३ घण्टा सञ्चालन गरिएको उक्त कार्यक्रममा ४७ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । मुलत: पालिकाका जनप्रतिनिधिहरुलाई फौजदारी कानूनको बारेमा जानकारी गराई अपराध न्यूनिकरण तथा न्यायिक प्रक्रियामा सहयोग प्राप्त हुने समेतको उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम निकै प्रभावकारी भएको महसुस गरिएको छ । जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरीले अध्यक्षता गर्नु भएको कार्यक्रममा जाजरकोट जिल्ला अदालतका माननीय न्यायाधीश श्री केशवराज चपाई स्रस्तेदार श्री नारायण सापकोटा समेतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला न्यायाधिक्ता श्री रत्न प्रकाश गिरीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments