माननीय महान्यायाधिवक्ता श्री खम्म बहादुर खाती ज्यूबाट शिलान्यास कार्यक्रम सम्पन्न

samachar

2079-7-29

मिति २०७९।०७।२७ गते माननीय महान्यायाधिवक्ता श्री खम्म बहादुर खाती ज्यूबाट जिल्ला सरकारी वकील कार्यालय जाजरकोटको भवन शिलान्यास गर्नु भएको छ । अध्यक्षता नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला ज्यूले गर्नु भएको शिलान्यास कार्यक्रमको प्रमूख अतिथि माननीय महान्यायाधिवक्ता श्री खम्म बहादुर खाती, विशिष्ट अतिथि माननीय महान्यायाधिवक्ता ज्यूको धर्मपत्नी श्री दुर्गा खाती र मुख्य न्यायाधिवक्ता श्री ध्रुव कुमार श्रेष्ठ, अतिथिमा सह न्यायाधिवक्ताद्वय श्री हरि प्रसाद जोशी र श्री ज्ञान प्रसाद भुषाल, जिल्ला न्यायाधीश श्री केशवराज चपाई, प्रमूख जिल्ला अधिकारी श्री अन्जन न्यौपाने, जिसवका सुर्खेतका जिल्ला न्यायाधिवक्ता श्री नविन कुमार भट्ट, स्रस्तेदार श्री नारायण सापकोटा, प्र.ना.उ. श्री सन्तोष निरौला, सहायक न्यायाधिवक्ता श्री विन्दु कुमारी धामी लगायत विभिन्न कार्यालयका प्रमूखहरु उपस्थित हुनु भएको थियो । कार्यक्रमको संचालन सहायक जिल्ला न्यायधिवक्ता श्री चुरामणि पराजुलीले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य सह न्यायाधिवक्ता श्री ज्ञान प्रसाद भुषाल ज्यूले गर्नु भएको थियो । कार्यक्रममा साइट ईन्जिनियरको तर्फबाट निरपेन्द्र बस्नेत, कार्यालय तर्फबाट जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरीले आफ्नो मन्तव्य दिनु भएको थियो भने माननीय महान्यायाधिवक्ता ज्यूले आफ्नो निर्देशन सहितको मन्तव्य दिनु भएको थियो । कार्यक्रमको समापन मन्तव्य नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला ज्यू दिनु भएको थियो ।    


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८२/०५/२० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री नविन कुमार भट्टको संयोजकत्वयमा जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ स्थित श्री भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नामा समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो ।


मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न


मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न