2078-11-18
मिति २०७८।११।११ गते जिल्ला जाजरकोट नलगाड न.पा.७ दल्ली बजार स्थित समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधिवक्ता श्री उमाकान्त पौडेल गर्नुभएको थियो भने प्रमूख अतिथिको रुपमा नलगाड न.पा. का मेयर श्री टेक बहादुर रावलले आसन ग्रहण गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन स.क.अ. श्री केश बहादुर बरालले गर्नुभएको थियो भने सहभागिहरुलाई स्वागत मन्तव्य दिदै कार्यक्रमको उद्देश्यको बारेमा ना.सु. श्री नारायण प्रसाद पौडेलले गर्नु भएको थियो ।
करिब ३ घण्टा सञ्चालन गरिएको कार्यक्रममा विवाह ज्यान सम्बन्धी करणी सम्बन्धी घरेलु हिंसा सम्बन्धी जातीय भेदभाव सम्बन्धी कसूर तथा सरकारी वकीलको काम कर्तव्य समेतका बारेमा जिल्ला न्यायाधिवक्ताले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सहभागिहरुले राखेको जिज्ञासाको सम्बोधन समेत गर्नु भएको थियो । कार्यक्रमको बारेमा लगाड न.पा. का मेयर श्री टेक बहादुर रावल समेतले आफ्नो मन्तव्य दिनु भएको थियो ।
मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न
मिति २०८०।०५।२७ गते समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो