मिति २०७८।१०।६ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2078-10-7

मिति २०७८।१०।६ गते जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.१ कालेगाउँ स्थित समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ४० जना व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधिवक्ता श्री उमाकान्त पौडेल ज्यूले गर्नुभएको थियो भने प्रमूख अतिथिको रुपमा डिभिजन वन कार्यालयका वन अधिकृत श्री ऋषवदेव खनालले आसन ग्रहण गर्नु भएको थियो । जिल्ला न्यायधिवक्ताले वन सम्बन्धी कानून तथा अन्य समसामयिक कानूनको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नायब सुब्बा श्री नारायण प्रसाद पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य खरिदार श्री गणेश बहादुर घर्तिले गर्नु भएको थियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments