2078-3-22
जिल्ला सरकारी वकील कार्यालय जाजरकोटले मिति २०७८/०३/१७ गते शिवालय गाउँपालिकाको भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला सरकारी वकील कार्यालय जाजरकोटका जिल्ला न्यायाधिवक्ता श्री उमाकान्त पौडेल ज्युको अध्यक्षातामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गाँपालिकाका प्रशासकिय प्रमुख नन्दबहादुर वि.क., प्र.स.नी. कुल बहादुर सार्की, गाउँपालिका गाउँकार्यपालिकाका सदस्य शेर बहादुर नेपाली, कालो वादी, आमा समूहका अध्यक्षा खगिसरा शर्मा, वडा नं. १ का वडा अध्यक्ष मान बहादुर पुनको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल तथा प्र.स.नि. कुल बहादुर सार्कीले सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजनको व्यवस्था र यसमा सरकारी वकीलको भूमिका विषयमा सहभागिहरुसँग छलफल गरी सहभागिहरुलाई उक्त विषयमा जानकारी गराउनु भएको थियो। सहभागिहरुबाट समुदायमा सरकारी वकील कार्यक्रमले सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन प्रकृयाको बारेमा समुदायलाई कानूनी सचेतना प्रदान गरेको र यस्ता कार्यक्रमबाट सम्बन्धित सरोकारवाला पक्षहरु लाभान्वित हुने तथा अपराध पीडितहरुको न्यायमा सहज पहुँच श्रृजना हुने बातावरण बन्दै गएको बताएका थिए।
मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न
मिति २०८०।०५।२७ गते समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो