समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2077-12-31

जिल्ला सरकारी वकील कार्यालय जाजरकोटले आज मिति २०७७/१२/३१ गते भेरी नगरपालिका ३ थाप्ले स्थित त्रिभुवन उच्च माविमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला सरकारी वकील कार्यालय जाजरकोटका जिल्ला न्यायाधिवक्ता श्री उमाकान्त पौडेल ज्युको अध्यक्षातामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माननिय जिल्ला न्यायाधिश यज्ञप्रसाद आचार्य, अतिथिहरु भेरी नगरपालिकाका उप मेयर, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक, नेपाल बार एसोसियसन जिल्ला बार इकाई जाजरकोटका अध्यक्ष, त्रिभुवन माविका प्रधानाध्यापक लगायतको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ११/१२ मा अध्ययनरत झण्डै ६० जना विध्यार्थीहरुको सहभागिता रहेको थियो। सहायक जिल्ला न्यायाधिवक्ता श्री राजन खनालले सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजनको व्यवस्था र यसमा सरकारी वकीलको भूमिका विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा सहभागि विद्यार्थीहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए। कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका जिल्ला न्यायाधिवक्ताज्युले सहभागिहरुको जिज्ञासाहरु सम्बोधन गर्दै समुदायमा सरकारी वकील कार्यक्रमले सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन प्रकृयाको बारेमा समुदायलाई कानूनी सचेतना प्रदान गरेको र यस्ता कार्यक्रमबाट सम्बन्धित सरोकारवाला पक्षहरु लाभान्वित हुने तथा अपराध पीडितहरुको न्यायमा सहज पहुँच श्रृजना हुने बातावरण बन्दै गएको तथ्य प्रकाश पार्नुभएको थियो। जिल्ला सरकारी वकील कार्यालय जाजरकोटका नायब सुब्बा श्री झुपलाल पुनले सञ्चाल गर्नुभएको उक्त कार्यक्रममा माननिय जिल्ला न्यायाधिश श्री यज्ञप्रसाद आचार्य, भेरी नगरपालिकाका उप मेयर भावना भण्डारी, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक मधुकर थापा, नेपाल बार एसोसियसन जिल्ला बार इकाई जाजरकोटका अध्यक्ष भिम बहादुर सिंह समेतले मन्तव्य राख्नुभएको थियो।

समुदायमा सरकारी वकीलको भूमिका सम्बन्धमा छलफल अन्तरक्रिया गर्दै जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल


संलग्न जोडिएका विवरणहरु

No Attachments