2077-12-2
मिति २०७७/११/२० जाजरकोट जिल्ला भेरी नगरपालीका ११ जगतीपुर स्थित श्री शिवशंकर माद्यामिक विद्यालय जगतीपुरको प्राङ्गणमा भेरी नगरपालिका वडा नं. ११ का कार्यवाहक वडा अध्यक्ष नर बहादुर कामीको अध्यक्षता तथा जिल्ला सरकारी वकील कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता श्री रुकमेडा पोख्रेलको प्रमुख आतिथ्यता मा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै निमित्त जिल्ला न्यायाधिवक्ता श्री रुकमेडा पोख्रेलज्यूले सरकारी वकील कार्यालयको काम कारबाही र संरचना तथा अनुसन्धानमा सरकारी वकीलको भूमिकाको विषयमा चर्चा गर्दै मुलुकी अपराध संहिता २०७४ मा भएका नयाँ अपराधहरु र कानूनी व्यववस्थाको सम्बन्धमा प्रकाश पार्नुभएको थियो भने जाजरकोट जिल्लामा घटेका फौजदारी कसूर र मुद्दाको काम कारवाहीको सम्बन्धमा समेत प्रष्ट पार्दै अपराध पीडितहरुको संरक्षण समबन्धमा समेत जानकारी गराउनु भएको थियो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्र.नि. याम बहादुर मल्लले अनुसन्धान कार्यमा प्रहरीको भूमिका र प्रमाण संकलनमा समुदायको भूमिकाको सम्बन्धमा चर्चा गर्नुभएको थियो ।
मिति २०८२/०५/२० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री नविन कुमार भट्टको संयोजकत्वयमा जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ स्थित श्री भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नामा समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो ।
मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न