2076-2-26
महान्यायाधिवक्ताको कार्यायलको दोस्रो पञ्चवर्षिय रणनितिक कार्ययोजना अनुरुप मिति २०७६/०२/२५ गते यस जिल्ला सरकारी वकील कार्यालय भोजपुरको यस आ.व.२०७५/७६ को दोस्रो कार्यक्रम रामप्रसादराई गाउँपालिकामा सम्पन्न भयो । स.जि.न्या.व. श्री प्रमोद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि रामप्रसादराई गाउँपालिका अध्यक्ष श्री बिजय राई, अतिथिहरु रामप्रसादराई गाउँपालिका उपाध्यक्ष श्री सम्झना राई, गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत जंगम राई, भोजपुर जिल्ला अदालतका श्रेस्तेदार हरिप्रसाद रेग्मी, जिल्ला बार अध्यक्ष श्री प्रकाशचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव निरिक्षक चिरन्जिवी रेग्मी साथै वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित सदस्य, महिला बालबालिका तथा बृद्धहरु समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सरकारवादी मुद्दाहरुमा प्रहरी र सरकारी वकील बिचको समन्वय अभियोजन प्रकृया, अदालतमा उपस्थित भई गरिने मुद्दाको प्रतिरक्षाको क्रममा गरिने सम्पूर्ण प्रकृयाहरु बारे बिस्तृत प्रस्तुती स.जि.न्या.व. प्रमोद भट्टराईबाट भयो । त्यस पश्चात समुदायसँग अन्तक्रिया कार्यक्रम अन्तर्गत सहभागिहरुबाट उठेको विविध प्रश्न, जिज्ञासाहरु माथि प्र.ना.नि. चिरन्जीवी रेग्मी, जिल्ला बार अध्यक्ष प्रकाशचन्द्र श्रेष्ठ र स.जि.न्या.व. प्रमोद भट्टराईले जवाफ दिनुभयो ।
अन्त्यमा सहभागिको तर्फबाट रामप्रसादराई गाउँपालिका वडा नं.१ का वडाध्यक्ष पर्शुराम राई, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष समेतले मन्तव्य भाषण दिदै यस समुदायमा सरकारी वकील कार्यक्रमको प्रशंसा गर्दै यस्तो कार्यक्रमले समुदायस्तरमा लौजानाले जन-समुदायमा यसको महत्व धेरै हुने र सर्वसाधारणले न्यायको पहुँचमा सजिलै पुग्न सक्ने साथै अपराध नियन्त्रणमा समेत टेवा पुग्ने भएकोले यस कार्यक्रमको स्वागत गर्नुभयो । साथै बार अध्यक्ष समेतले मन्तव्य भाषण गर्नुभए सँगै कार्यक्रमको अध्यक्षता गर्नुभएका स.जि.न्या.व.प्रमोद भट्टराईबाट कार्यक्रमको समापन भयो ।
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकी कार्यक्रम
समुदायमा सरकारी वकील
समुदायमा सरकारी वकील ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न
साल्पासिलिछो गा.पा. मा समुदायमा सरकारी वकील र कानूनी सचेतना कार्यक्रम सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम दिङ्ला भोजपुरमा सम्पन्न ।