परिचय

डोटी जिल्लाको परिचयः

  • भौगोलिक अवस्थाः

साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको यस डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् । यो जिल्ला २८.५२° उत्तरी अक्षांशदेखि २९.२८° उत्तरी अक्षांशसम्म तथा ८०.३०° पूर्वी देशान्तरदेखि, ८१.१४° पूर्वी देशान्तरसम्म फैलिएको छ ।

यस जिल्लाको कूल क्षेत्रफल २,०२५ वर्ग कि.मि. (१,२९,१९९ हेक्टर) मध्ये ५९,१०१ हेक्टर भू-भाग वनजङ्गल, ,१११ हेक्टर सरकारी तथा गौचरन, ३०,७११ हेक्टर नदीनाला, ,७३८ हेक्टर संचित क्षेत्र र २४,५३८ हेक्टर सिंचित क्षेत्रले ओगटेको छ । यो जिल्लाको अधिकांश भू—भाग पहाडै पहाडले बनेको छ । यस जिल्लाको पश्चिम क्षेत्रमा रहेको भु–भाग र चुरे पूर्वततिरका भूभाग घनाजंङ्गलले ढाकेको छ । उत्तर क्षेत्रको भूमि त्यति उव्जाउ किसिमको छैन र यो क्षेत्रको धेरैजसो भूमि पातलो वनजंङ्गल तथा वुट्यानले ढाकेको छ । अधिकांश भू–भाग बढी भिरालो धरातल तथा कडा चट्टान र वालुवाले बनेकोले खेतीपातीको लागि उपयुक्त छैन । साथै यो क्षेत्र भौगोलिक दृष्टिकोणबाट पनि अति संवेदनशील मानिन्छ ।

समुद्र सतहदेखि ३३५मिटर उचाईमा रहेको कानाचौर सेती नदीको किनार यस जिल्लाको सबैभन्दा होचो सतह हो भने ३,२९५मिटर उचाईमा रहेको खप्तड इलाका सबैबन्दा अग्लो भाग हो । डोटी जिल्लास्थित प्रमुख राजमार्गहरुमा के.आई.सिंह मार्ग, भिमदत्त मार्ग र पहलमानसिंह स्वाँर मार्ग रहेका छन् । यहाँ सेती, ठूलीगाड, सानीगाड, कालागाडजस्ता प्रमुख नदीहरू तथा खप्तड, साकार, केदारजस्ता लेकहरू रहेका छन् । यस जिल्लामा अधिकतम तापक्रम दिपायलमा ४४.३०°सेदेखि न्यूनतम तामपक्रम .°सेखप्तड क्षेत्रमा हुने गर्दछ ।

http://www.moha.gov.np/public/upload/642fb73996438176ae3ab9ce61dfa0fd/images/doti_district.jpg

चित्रः डोटी जिल्लाको नक्सा

     

 २०६८को जनगणनाअनुसार यहाँ २,११,७४६मानिसहरू बसोबास गर्दछन्, जसअनुसार यहाँको जनघनत्व १००प्रति वर्ग किलोमिटर हुन आउँछ । यहाँका ७१.४२%मानिसहरू कृषि पेशामा आवद्ध छन् जहाँ औषत वार्षिक १३४.७मिलिमिटर मात्र बर्षा हुन्छ । महिला २६.०%तथा पुरुष ६१.२%साक्षर रहेको यस जिल्लाको कुल साक्षरता ४३.७%मात्र छ । यहाँस्थित डोटी क्याम्पसमा स्नातकोत्तर सम्मको पढाई हुन्छ ।

  • राजनैतिक अवस्थाः

क्र.सं.

स्थानीय तहको नाम

वडा संख्या

केन्द्र

क्षेत्रफल

(वर्ग कि.मी.)

जनसंख्या

कैफियत

 

दिपायल सिलगढी नगरपालिका

सिलगढी

१६२.६२

३६,०३८

 

शिखर नगरपालिका

११

तलकोट

२८५.३९

३१,८०१

 

जोरायल गाउँपालिका

सरस्वती नगर

४१९.०९

२१,२९६

 

बडिकेदार गाउँपालिका

बर्छेन

३३२.५५

१६,७३१

 

बोगटान फुड्सिल गाउँपालिका

चवराचौतारा

३२२.००

१७,९०६

 

के.आई.सिंह गाउँपालिका

दुर्गामाण्डौँ/वायल

१२७.०१

२०,९०३

 

सोरायल गाउँपालिका

डौड

१२२.७२

१९,७७५

 

आदर्श गाउँपालिका

कालिकास्थान

१२८.४७

२४,४८२

 

पूर्वीचौकी गाउँपालिका

सानागाउँ

११७.६६

२२,४८९

 

 एउटामात्र प्रतिनिधिसभा तथा दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रहरू रहेको यस जिल्लामा २ वटा नगरपालिकाहरू र वटा गाउँपालिकाहरू रहेका छन् ।

      यस जिल्लामा अधिकांश जिल्लावासी हिन्दु धर्मावलम्बी छन् । यहाँको धार्मिक संरचना २०६८सालको जनगणनाअनुसार निम्नानुसारको रहेको छः

क्र.सं.

धर्म

प्रतिशत

 

हिन्दु

९९.००%

बौद्ध

०.७५%

इसाई

०.१३%

अन्य (प्रकृति पूजक, किराँतसमेत)

०.१२%

 

     

      डोटी राज्यको पुरानो दरवार दिपायलस्थित सेती नदीको किनारमा भग्नावशेषको रुपमा रहेको छ । डोटीमा मनाईने प्रमुख चाडपर्वहरू, ऐतिहासिक महत्वका स्थलहरू तथा मुख्य जात्राहरू निम्नानुसार रहेका छन्:

प्रमुख चाडपर्वहरू

ऐतिहासिक स्थलहरू

मुख्य जात्राहरू

गौरा

शैलेश्वरी मन्दिर (सिलगढी)

सहश्रलिङ्ग (खप्तड)

केदारेश्वर मेला

फाग

मष्टा मन्दिर (सिलगढी)

भिमछेदनसिला (सरस्वतीनगर)

शैलेश्वरी जात्रा

होली

राधाकृष्ण मन्दिर (सिलगढी)

सेती कर्णाली दोभान (कानाचौर)

 

विशु

अशुद्धाला मन्दिर (डौड)

कोटभैरव (दिपायल)

 

 

मालिका मन्दिर (काडामाण्डौ)

दिल्पेश्वर मन्दिर (दिपायल)

 

      राष्ट्रिय जनगणना, २०६८अनुसार यस डोटी जिल्लामा ३६वटा जातजाती र २१मातृ भाषिहरूको बसोबास रहेको पाईन्छ । यस जिल्लाका प्रमुख जातजातिहरू निम्नानुसार छन्:

क्र.सं.

जातजातिको नाम

प्रतिशत

क्षेत्री

५७.७%

कामी

१२.१%

ब्राह्मण

८.०%

दमाई

४.५%

ठकुरी

३.६%

मगर

३.४%

सार्की

२.३%

वादी

१.४%

लुहार

१.१%

१०

नेवार

०.५%

११

अन्य (गुरुङ, तामाङ राई, आदि)

५.४%

 

 

      बसाइँ सरेर कैलाली, कञ्चनपुर लगायतका तराईका जिल्लाहरूमा जाने क्रम बढ्दो रहेको हुँदा यहाँको जनसंख्या घट्दो क्रममा रहेको छ । विशेष गरी कामको सिलसिलामा छिमेकी मुलुक भारतमा गई ज्याला मजदुरी गरी आय आर्जन गर्ने गरेको पाइन्छ । धान, गहुँ, कोदो, जौ, मकै, मसुरो, भटमास, तोरी, fपर, मास, आलु, बदाम, आदि यहाँका प्रमुख उत्पादनहरू हुन् । यहाँ उत्पादित कृषिबाली तथा फलफूलहरू छिमेकी जिल्लाहरू डडेल्धुरा, कैलालीसम्म समेत व्यापार हुने गरेको पाईन्छ । जिल्ला सदरमुकाम सिलगढी, पिपल्ला, राजपूर, दिपायल, बुडर, जोरायल यहाँका प्रमुख बजारहरू हुन् । यस जिल्लाको गरिवी २०६८को जनगणनाअनुसार ४८.९%रहेको छ ।

. उच्च सरकारी वकिल कार्यालयको स्थापना, उद्देश्य र कार्यहरुः-

उच्च सरकारी वकील कार्यालय दिपायल दिपायल सिलगढी नगरपालिका, वडा नं. ४, राजपुर, दिपायलमा पर्दछ । यस कार्यालयको कार्यक्षेत्राधिकारभित्र बझाङ, बाजुरा, अछाम, डोटी र कैलालीजिल्ला पर्नुका साथै यसले सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्पर्क कार्यालयको कार्य पनि गर्दै आइरहेको छ ।

हाल देशैभरि उच्च सरकारी वकील कार्यालयहरूको संख्या १८ रहेको छ, ती मध्ये उच्च सरकारी वकील कार्यालय दिपायल पनि एक हो । यस कार्यालयको नेतृत्व नेपाल न्यायसेवा, सरकारी वकिल समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत (सहन्यायाधिवक्ता)बाट गरिंदै आएको छ । यस कार्यालयमा उपन्यायाधिवक्ता र अधिकृत समेत बाट सरकारी वकीलको रूपमा कार्य सम्पादन गरिन्छ भने अन्य सहायक स्तरका कर्मचारीहरू समेत रहन्छन ।

यस उच्च सरकारी वकील कार्यालय दिपायलको कार्यसम्पादनको शुरुवात नेपालको संविधानले परिकल्पना गरे बमोजिम साविक पुनरावेदन अदालत मिति २०७३ आश्विन ३ गते देखि लागु हुने गरी उच्च अदालतमा परिणत भए सँगै भएको हो ।

नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिनिधित्व गर्ने, नेपाल सरकारको प्रमुख संवैधानिक एवं कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्ने, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने नचलाउने निर्णय गर्ने, सरकारवादी मुद्दा फिर्ता लिंदा राय दिने, हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार भए नभएको वा कानुन व्यवसायीसँग भेटघाट गर्न दिए नदिएको विषयमा अनुगमन एवं निरीक्षण गर्ने, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको पालन भए नभएको अनुगमन गर्ने, नेपाल सरकारवादी वा प्रतिवादी भएको मुद्दामा प्रतिनिधित्व गर्ने जस्ता महान्यायाधिवक्तालाई नेपालको संविधानको धारा १५८ द्वारा प्रदत्त अधिकारको महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम आफ्नो दैनिक कार्य सम्पादन गर्न उच्च अदालतहरू र उच्च अदालतका ईजलास रहेका स्थानहरूमा उच्च सरकारी वकील कार्यालयहरू स्थापना भएका हुन् ।

 

साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको यस डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् । यो जिल्ला २८.५२° उत्तरी अक्षांशदेखि २९.२८° उत्तरी अक्षांशसम्म तथा ८०.३०° पूर्वी देशान्तरदेखि, ८१.१४° पूर्वी देशान्तरसम्म फैलिएको छ ।

यस जिल्लाको कूल क्षेत्रफल २,०२५ वर्ग कि.मि. (१,२९,१९९ हेक्टर) मध्ये ५९,१०१ हेक्टर भू-भाग वनजङ्गल, ,१११ हेक्टर सरकारी तथा गौचरन, ३०,७११ हेक्टर नदीनाला, ,७३८ हेक्टर संचित क्षेत्र र २४,५३८ हेक्टर सिंचित क्षेत्रले ओगटेको छ । यो जिल्लाको अधिकांश भू—भाग पहाडै पहाडले बनेको छ । यस जिल्लाको पश्चिम क्षेत्रमा रहेको भु–भाग र चुरे पूर्वततिरका भूभाग घनाजंङ्गलले ढाकेको छ । उत्तर क्षेत्रको भूमि त्यति उव्जाउ किसिमको छैन र यो क्षेत्रको धेरैजसो भूमि पातलो वनजंङ्गल तथा वुट्यानले ढाकेको छ । अधिकांश भू–भाग बढी भिरालो धरातल तथा कडा चट्टान र वालुवाले बनेकोले खेतीपातीको लागि उपयुक्त छैन । साथै यो क्षेत्र भौगोलिक दृष्टिकोणबाट पनि अति संवेदनशील मानिन्छ ।

समुद्र सतहदेखि ३३५मिटर उचाईमा रहेको कानाचौर सेती नदीको किनार यस जिल्लाको सबैभन्दा होचो सतह हो भने ३,२९५मिटर उचाईमा रहेको खप्तड इलाका सबैबन्दा अग्लो भाग हो । डोटी जिल्लास्थित प्रमुख राजमार्गहरुमा के.आई.सिंह मार्ग, भिमदत्त मार्ग र पहलमानसिंह स्वाँर मार्ग रहेका छन् । यहाँ सेती, ठूलीगाड, सानीगाड, कालागाडजस्ता प्रमुख नदीहरू तथा खप्तड, साकार, केदारजस्ता लेकहरू रहेका छन् । यस जिल्लामा अधिकतम तापक्रम दिपायलमा ४४.३०°सेदेखि न्यूनतम तामपक्रम .°सेखप्तड क्षेत्रमा हुने गर्दछ ।

का.मु. सहन्यायाधिवक्ता

लक्ष्मण उपाध्याय घिमिरे

सहायक न्यायाधिवक्ता

गौर सिंह महर

ना.सु.

बिनोद दौल्याल