2082-5-4
श्री अमरज्योति एजुकेशन स्कूल, दिपायल-०४, डोटीमा बिहीबार “समुदायमा सरकारी वकील” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बालविवाह, बहुविवाह र जबरजस्ती करणी लगायतका संवेदनशील सामाजिक तथा कानूनी विषयवस्तुमा विस्तृत जानकारी प्रदान गरिएको थियो । सरोकारवाला निकायका प्रतिनिधि, विद्यालयका शिक्षक-विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा यी अपराधका कारण समाजमा देखिने नकारात्मक प्रभाव, विद्यमान कानूनी प्रावधान तथा रोकथामका उपायबारे छलफल गरिएको थियो ।
कार्यक्रमका वक्ताहरूले यस्ता अपराध नियन्त्रणका लागि समुदायमै सचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिएका थिए । साथै, प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारी अनुसार योगदान पुर्याउँदा मात्र यस्ता अपराध उन्मूलन गर्न सकिने धारणा व्यक्त गरिएको थियो ।
दिपायल डोटीमा उच्च सरकारी वकील कार्यालयको भवन शिलान्यास सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील अन्तक्रियात्मक कार्यक्रम २०८१
समुदायमा सरकारी वकील अन्तक्रियात्मक कार्यक्रम २०८१
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकील
समुदायमा सरकारी वकील