दिपायल डोटीमा उच्च सरकारी वकील कार्यालयको भवन शिलान्यास सम्पन्न

samachar

2082-5-18

डोटी, २०८२ भदौ १६

सुदूरपश्चिम प्रदेशको कानुनी संरचनात्मक विकासतर्फ महत्वपूर्ण कदमका रुपमा उच्च सरकारी वकील कार्यालय, दिपायल डोटीको नयाँ भवन शिलान्यास एक विशेष समारोहका बीच सम्पन्न भएको छ । मिति २०८२ साल भदौ १६ गते शुक्रबार आयोजित कार्यक्रममा माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूले शिलान्यास गर्नु भएको हो ।

उक्त शिलान्यास कार्यक्रममा महान्यायाधिवक्ता कार्यालयका सह-न्यायाधिवक्ता श्री उद्धव प्रसाद पुडासैनी, सहायक न्यायाधिवक्ता श्री सरु तमखु, उच्च सरकारी वकील कार्यालय दिपायलका का.मु. सह-न्यायाधिवक्ता श्री देवराज भारती, सहायक न्यायाधिवक्ता श्री शिवप्रसाद कुँवर लगायत कार्यालयका सबै कर्मचारीहरु र डोटीका प्रमुख जिल्ला अधिकारी, सरकारी नियकायका प्रमुखहरु तथा अन्य सबै कार्यालयका कार्यालय प्रमुख लगायत सरोकारवाला निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, कानुन व्यवसायी, कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments