श्री उच्च सरकारी वकील कार्यालय, पाटन र मातहतका सरकारी वकिल कार्यालयहरु बिच अन्तर्क्रिया तथा समिक्षात्मक बैठक सम्पन्न

samachar

2079-4-10

मिति २०७९।०४।०८ गते  श्री उच्च सरकारी वकील कार्यालय, पाटन र मातहतका सरकारी वकिल कार्यालयहरु बिच अन्तर्क्रिया तथा समिक्षात्मक बैठक सम्पन्न भएको छ ।

श्री उच्च सरकारी वकील कार्यालयमा सम्पन्न भएको उक्त कार्यक्रममा मातहतका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, धादिङ, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट र सिन्धुली जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता एवम् सहायक जिल्ला न्यायाधिवक्ताका साथै श्री उच्च सरकारी वकिल कार्यालय, पाटनका सह-न्यायाधिवक्ता, उप-न्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता एवम् अन्य कर्मचारी समेतको अर्थपुर्ण सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सहभागी सम्पुर्ण जिल्ला सरकारी वकील कार्यालयका प्रतिनिधीहरुले आ-आफ्नो जिल्लामा महान्यायाधिवक्ता कार्यालयबाट जारी रणनितिक योजना अनुरुप कार्य भइरहेको, साक्षी संरक्षण एवम् पीडितको हक हित संरक्षण लगायतका कार्यलाई आत्मसात गर्दै अगाडी बढेको र समुदायमा सरकारी वकिल कार्यक्रमको संचालन गरी कानूनी सचेतनालाई प्रभावकारी ढंगले अगाडी बढाइरहेकोमा जोड दिनुभयो।

उक्त कार्यक्रममा सम्बोधन गर्दै उच्च सरकारी वकील कार्यालय, पाटनका कार्यालय प्रमुख सह- न्यायाधिवक्ता कृष्णमोहन कोइरालाले भइरहेका कमी कमजोरीलाई सुधार गरी उत्कृष्ट सरकारी वकिल हुने दौडमा आजै देखि लाग्न र यथासम्भव बार्षिक रुपमा देखिने गरी एउटा उदाहरणिय कार्य गर्न र उत्कृष्ट कार्यहरुलाई निरन्तरता दिन जोड दिनुभयो। सबै जिल्ला सरकारी वकील कार्यालयहरुलाई अन्य निकायसँग समन्वय गरी अगाडी बढ्न सकेमा थप सफलता प्राप्त गर्न सकिने भन्दै सोही अनुरुप अगाडी बढ्न निर्देशन दिनुभयो।

अन्त्यमा,छलफलबाट प्राप्त भएका निष्कर्षलाई निर्देशनको रुपमा मातहतका सबै सरकारी वकिल कार्यालयहरुमा पठाउने र सो सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी गराउने समेतको निर्णय सहित उक्त कार्याक्रम समापन भएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

निजामती सेवा दिवस २०७९ को अवसरमाअन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न


श्री उच्च सरकारी वकील कार्यालय, पाटन र मातहतका सरकारी वकिल कार्यालयहरु बिच अन्तर्क्रिया तथा समिक्षात्मक बैठक सम्पन्न


नुवाकोट जिल्लामा मिति २०७८/११/१० मा सम्पन्न फौजदारी कानूनको कार्यान्वयनका बारेमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा विषयगत संवाद कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकिल कार्यालय दोलखा,चरिकोटमा मिति २०७८/११/२० मा सम्पन्न


कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ को भारदेउमा मिति २०७८/११/६ मा "समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न



मिति २०७६/०८/०४ मा ललितपुर महानगरपालिका वडा नं १४ तिखेदेवलमा आयोजित कार्यक्रम


समन्वय समिति गठन


“सरकारी वकीलबाट सम्पादन हुने काम र समुदाय वीच अन्तरसम्वाद कार्यक्रम” ललितपुर जिल्लाको चापागाउँ स्थित वज्रवाराही मा.वि.मा सम्पन्न गरियो ।