मिति २०७६/०८/०४ मा ललितपुर महानगरपालिका वडा नं १४ तिखेदेवलमा आयोजित कार्यक्रम

samachar

2076-8-5

      महान्यायाधिवक्ताको कार्यालयकाो निर्देशानुसार मिति २०७६/०८/०४ का दिन उच्च सरकारी वकील कार्यालय पाटन, जिल्ला सरकारी वकील कार्यालय ललितपुर, महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर समेतको संयुक्त आयोजनामा ललितपुर महानगरपालिका वडा नं १४ तिखेदेवल स्थित सामुदायिक भवनको सभाहलमा आयोजित समुदायमा सरकारी वकील र समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध अनुसन्धानमा प्रहरी तथा अभियोजनमा सरकारी वकीलको भुमिका विषयक अन्तरक्रियात्मक कार्यक्रम स्थानीय विद्यार्थी तथा स्थानीय समुदायका करिव १५० जना सहभागीहरु बीच सम्पन्न भएको थियो । सो कार्यक्रममा महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरका प्र.ना.उ. गौतम मिश्रले अपराध बिना समाज रहन नसक्ने भएकाले अपराधी पत्ता लगाउन स्थानीय समुदायको भुमिका अहम् हुने बिचार राख्नु भएको थियो ।

      अपराध र अनुसन्धानको विषयमा प्र.नि. सुरेशराज भट्टले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला सरकारी वकील कार्यालय ललितपुरका स.जि.न्या.व श्री कंचन घिमिरेले सरकारी वकीलको अभियोजन प्रकृया र तत पश्चात भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी उच्च सरकारी वकील कार्यालय पाटनका शाखा अधिकृत श्री चन्द्र प्रसाद संजेलले बालबालिकाको अधिकार र कर्तव्य विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

      जिल्ला सरकारी वकील कार्यालय, ललितपुरका जि.न्या.व. श्री मोना सिंहले आफ्नो मनतव्यको क्रममा सहभागीको जिज्ञासा सम्बोधन गर्दै सरकारी वादी फौजदारी मुद्दाको समग्र अनुसन्धान-अभियोजन प्रकृयामा समुदायले सहयोग गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । प्रमुख अतिथिको रुपमा रहनुभएको उच्च सरकारी वकील कार्यालय, पाटनका सह-न्यायाधिवक्ता श्री लोकराज पराजुलीले समग्र कार्यक्रमको उद्दश्य प्रष्ट पार्दै सरकारवादी फौजदारी मुद्दाको समग्र प्रकृयामा स्थानीय समुदाय तथा विद्यार्थीहरुले अपराध भएको जानकारी नजिकै प्रहरीमा तुरुन्त खबर गरी अनुसन्धान अभियोजन प्रकृयामा सहयोग गरेमा अपराधीलाई कारबाही गर्न सहज हुने औंल्याउनु भयो । ललितपुर महानगरपालिका वडा नं. 14 का निमित्त वडा अध्यक्षले सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिँदै  अनुसन्धान प्रकृयामा वडा बासीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै कार्यक्रम समापन गर्नुभयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

निजामती सेवा दिवस २०७९ को अवसरमाअन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न


श्री उच्च सरकारी वकील कार्यालय, पाटन र मातहतका सरकारी वकिल कार्यालयहरु बिच अन्तर्क्रिया तथा समिक्षात्मक बैठक सम्पन्न


नुवाकोट जिल्लामा मिति २०७८/११/१० मा सम्पन्न फौजदारी कानूनको कार्यान्वयनका बारेमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा विषयगत संवाद कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकिल कार्यालय दोलखा,चरिकोटमा मिति २०७८/११/२० मा सम्पन्न


कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ को भारदेउमा मिति २०७८/११/६ मा "समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न



मिति २०७६/०८/०४ मा ललितपुर महानगरपालिका वडा नं १४ तिखेदेवलमा आयोजित कार्यक्रम


समन्वय समिति गठन


“सरकारी वकीलबाट सम्पादन हुने काम र समुदाय वीच अन्तरसम्वाद कार्यक्रम” ललितपुर जिल्लाको चापागाउँ स्थित वज्रवाराही मा.वि.मा सम्पन्न गरियो ।