समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

samachar

2076-8-5

मिति २०७६/०८/०४ गतेका दिन आँधिखोला गाउँपालिका उपाध्यक्ष श्री शर्मीला पौडेल क्षत्रिको सभापतित्व र प्रमुख आतिथ्यतामा जिल्ला स्याङ्जा, आँधिखोला गाउँपालिका, गाउँ कार्यपालिकाको भवनको सभाहलमा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्थानीय पदाधिकारी, कर्मचारी, समाजसेवी, पत्रकार, शिक्षाप्रेमी, शिक्षक तथा विद्यार्थी गरी १३ जना महिला र  २९ जना पुरूष गरी जम्मा ४२ जना व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्र.ना.नि जनकराज रेग्मीले गर्नुभएको थियो भने प्र.ना.उ. नविनकृष्ण भण्डारी र सहायक जिल्ला न्यायाधिवक्ता जयप्रकाश रेग्मीले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागिहरूले आ-आफ्नो जिज्ञासाहरू राख्नुभएको थियो भने प्र.ना.उ. नविनकृष्ण भण्डारी र सहायक जिल्ला न्यायाधिवक्ता जयप्रकाश रेग्मीले जिज्ञासाहरूको सम्बोधन गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments