परिचय

जिल्ला सरकारी वकिल कार्यालय रौतहटको नवनिर्मित कार्यालय भवनको समदुघाटन १६ माघ २०५१ सालमा सम्मानीय महान्यायाधिवक्ता सर्वज्ञ रत्न तुलाधर ज्यूबाट सु-सम्पन्न भएको हो । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं.५ स्थित पोखरीको उतरपट्टीमा अवस्थित यस कार्यालयको आ-आफ्नै कार्यालय भवन रहेको छ ।

न्याय प्रशासन ऐन२०७३ दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली२०५५ को नियम ४ को उपनियम ४ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ । नेपाल सरकार वादी हुने फौजदारी तथा देवानी मुद्दाहरू चलाउने नचलाउने सम्बन्धी निर्णय गर्ने सम्वन्धित अड्डा अदालतमा मुद्दा दायर गर्ने नेपाल सरकार वादी भइ चल्ने मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिरक्षा गर्नेजिल्ला स्थित संघीय सरकार अन्तर्गतका सरकारी कार्यालयहरूलाई कानुनी राय प्रदान गर्नेजिल्ला अदालतमा पुनरावेदन लाग्ने नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन सम्वन्धी कार्य गर्ने आदि कार्यहरू जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ता तथा सहायक जिल्ला न्यायाधिवक्ताहरूवाट हुदै आएको छ ।

जिल्लाको संक्षिप्त परिचय

रौतहट जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चलमा पर्दछ। रौतहट नेपालको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित एक जिल्ला हो । रौतहट जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्ला पर्दछ । समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्ला १,१२६ वर्ग किलोमिटर क्षेत्रमा फैलीएको छ । गौर रौतहट जिल्लाको सदरमुकाम हो । यस जिल्लामा १६ नगरपालिका र २ गाउँपालिका रहेका छन् । यस जिल्लाको प्रमुख भाषामा बाज्जिका¸ हिन्दी, भोजपुरी र नेपाली हुन् । रौतहट २६ डिग्री १४देखि २६ डिग्री १४अक्षांश र ८५ डिग्री १४देखि ८५ डिग्री ३०सम्मको पूर्वी देशान्तरमा फैलिएको छ । उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा २१२५ मिलिमिटरसम्म वर्षा हुन्छ । यस जिल्लालाई र्पूवमा सर्लाही सँग बागमती नदीले छुट्याएको छ । पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ । दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ । जहाँबाट नेपाली क्रान्तिको प्रथम शुरूवात भएको थियो । त्यो भन्दा पनि पहिले नेपाल एकिकरण हुनु पूर्व जय प्रकाश मल्ल द्वारा झिकाइएका बंगालका सुल्तानका फौजलाई लखेडदै आएका गोर्खाली सेना र वंगाली सेना बीच रौतहटको संग्रामपुरमा लाडाँइ भएको, समनपुरमा पुग्दा युद्व समाप्ती भएको, र विश्रामपुरमा पुगी नेपाली सेनाले विजयोत्सव मनाई ऐतिहासिक राजदेवी मन्दिरमा पूजापाठ बली भोग चढाई र्फिता भएको भन्ने कुरा प्रचलित रहेको छ ।आदीवासी तराई मुलका मानिसहरुको बसोबास रहेको रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरु मिलेर बनेको हो । राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ । हट शब्द हाटमा अपभ्रंस भएर रौतहट बनेको हो । यसप्रकार रौतहट शब्दको अर्थ यादवहरुको वस्ती भएको ठाउँ भन्ने हुन्छ । यो जिल्लामा उष्ण प्रदेशीय हुदाँ गर्मि मौसममा तापमान बढीमा ४४ डिग्री सेल्सियस र जाडोमा ५ देखि ६ डिग्री सेल्सियस पुग्दछ | बागमती , लालबकैया,अरुवा ,झाझ ,पौराई,भकुवा , चाँदी आदि यो जिल्लाका मुख्य नदीहरु हुन् |जिल्लाको सबै क्षेत्रहरु समथर छ

जिल्लाको ऐतिहासिकता तर्फ विचार गर्दा नेपाल एकीकरण हुनु पुर्व जय प्रकाश मल्लाद्वारा झिकाहिएको बंगालका सुल्तानका फौजलाई लखेट्दै आएका गोर्खाली सेना र उक्त बंगाली सेना बीच रौतहटको संग्रामपुरमा  लाडाई भएको समनपुरमा पुग्दा समन (युद्ध समाप्ती ) भएको र विश्रामपुर पुगी गोर्खाली सेनाले बिश्राम गरि विजयोत्सव मनाइँ एतिहासिक राजदेवी मन्दिरमा पुजापाठ गरि फिर्ता भएको भन्ने कुरा प्रचलित रहेको छ |


हार्दिक श्रदाञ्जली




रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका स्थित श्री सरस्वती उ.मा.वि. पिपरा भलोहियामा भएको समुदायमा सरकारी वकिल कार्यक्रमको प्रतिवेदन र सहभागीहरुको फोटो


सम्मान पत्र प्रदान गरियो



जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको मिति २०८०/०५/०३ गते आइतबार एक समारोहकाबीच उद्धघाटन गरिएको छ


जिल्ला सरकारी वकील कार्यालय रौतहट भवन समुद्घटना समारोह बीच नेपाल सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेलले न्यायलाई केन्द्रमा राखेर मिटर ब्याजीको समस्याको समाधान गर्नुपर्ने


समुदायमा सरकारी वकील कार्यक्रम । (२०७९।०३।१८)


जिल्ला न्यायाधिवक्ता श्री सुवास कुमार भट्टराई ज्यूको विदाई कार्यक्रम र जिल्ला न्यायाधिवक्ता श्री उदय चन्द्र अधिकारी ज्यूको स्वागत कार्यक्रम


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

श्री बद्री कुमार कार्की

सहायक जिल्ला न्यायाधिवक्ता

श्री दयानिधि रिजाल (सूचना अधिकारी) ९८४५२६९८५४