जिल्ला सरकारी वकील कार्यालय रौतहट भवन समुद्घटना समारोह बीच नेपाल सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेलले न्यायलाई केन्द्रमा राखेर मिटर ब्याजीको समस्याको समाधान गर्नुपर्ने

samachar

2080-5-10

नेपाल सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेलले न्यायलाई केन्द्रमा राखेर मिटर ब्याजीको समस्याको समाधान गर्नुपर्ने बताएका छन् । मिति २०८०/०५/०३ गते आइतबार रौतहटको गौरमा रहेको जिल्ला सरकारी कार्यालयको नवनिर्मित भवनको उद्‍घाटन गर्दै महान्यायाधिवक्ता पोखरेलले यस्तो बताएका हुन ।

न्याय ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा ध्यान दिएर काम गर्दा पिडित पक्षले न्याय पाउने महान्यायाधिवक्ता पोखरेलको भनाइ रहेको थियो ।सो कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता पोखरेलले आफ्नो भवनबाट सेवाग्राहिलाई ढिलासुस्ती नगरी गुणस्तरीय सेवा दिन आग्रह समेत गरेका छन । जिम्मेवारी पूर्वक सेवा दिनुपर्ने हाम्रो दायित्व भएकाले सेवा प्रवाहमा कमि नगर्न उनको सुझाव छ । नयाँ भवनले नयाँ जिम्मेवारी पूरा गर्न सहयोग गर्ने अपेक्षा उनको छ ।

साइवर क्राईम बैकिङ कसुरको मुद्दा जिल्ला अदालत मार्फत आएको र यसको जिम्मेवारी पनि सरकारी वकिल कार्यालयमा रहेकोले गम्भीर भएर काम गर्नुपर्ने उनले बताए । हरेक प्रदेशमा सजाय छुटको लागि छलफलमा रहेको र छलफलका आधारमा १२/१३ वटा निर्देशन जारी भएको उनले सो कार्यक्रम मार्फत जानकारी दिएका छन । सोही कार्यक्रममा रौतहट जिल्ला अदालतका मुख्य न्यायधिस मातृका प्रसाद मरासिनी भवन निर्माणको अपेक्षासंगै जनशक्तिको अभाव रहेको बताएका छन ।

सो कार्यक्रममा महान्यायाधिवक्ता कार्यलयका सहन्यायाधिवक्ता सुशिल राज दाहाल, उच्च सरकारी वकिल कार्यालय बिरगंजका सहन्यायाधिवक्ता राम कुमार थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, बार एसोसीएसन तथा कानुनी व्यवसायी, रौतहट उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, निर्माण व्यवसायी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

नायब महान्यायाधिवक्ता विश्वराज कोइराला सभाध्यक्षतामा भवन उद्‍घाटन समारोहको कार्यक्रम समापन भएको हो । नया भवन निमार्ण भएपछि काम गर्न सहज हुने सरकारी वकिल कार्यालय रौतहटका प्रमुख जिल्ला न्यायधिबक्ता बद्री कुमार कार्कीले बताएका छन । भवन जिर्ण भएको कारण कार्यालय संचालनमा समस्या आइरहेको अबस्थामा नया भवनले कार्य सम्पादनमा सहजता ल्याउने कार्कीले बताए ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

हार्दिक श्रदाञ्जली




रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका स्थित श्री सरस्वती उ.मा.वि. पिपरा भलोहियामा भएको समुदायमा सरकारी वकिल कार्यक्रमको प्रतिवेदन र सहभागीहरुको फोटो


सम्मान पत्र प्रदान गरियो



जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको मिति २०८०/०५/०३ गते आइतबार एक समारोहकाबीच उद्धघाटन गरिएको छ


जिल्ला सरकारी वकील कार्यालय रौतहट भवन समुद्घटना समारोह बीच नेपाल सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेलले न्यायलाई केन्द्रमा राखेर मिटर ब्याजीको समस्याको समाधान गर्नुपर्ने


समुदायमा सरकारी वकील कार्यक्रम । (२०७९।०३।१८)


जिल्ला न्यायाधिवक्ता श्री सुवास कुमार भट्टराई ज्यूको विदाई कार्यक्रम र जिल्ला न्यायाधिवक्ता श्री उदय चन्द्र अधिकारी ज्यूको स्वागत कार्यक्रम