समुदायमा सरकारी वकील कार्यक्रम । (२०७९।०३।१८)

samachar

2079-4-15

जिल्ला सरकारी वकील कार्यालय, रौतहटको वार्षिक कार्ययोजना अनुरुप "समुदायमा सरकारी वकील कार्यक्रम" मिति २०७९।०३।१८ गते श्री दुर्गाभगवती गाउँपालीका वडा नं. ५ बडहर्वा (मण्डली भवन) रौतहटमा सम्पन्न गरियो ।  कार्यक्रममा विद्यार्थिहरु , शिक्षकहरु गा.पा. प्रमुख, वडाध्यक्ष, जनप्रतिनिधीहरु एवं कर्मचारीहरु गरी ६१ जना भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रममा सरकारी वकील , सरकारी वकीलको कार्यालयको बारेमा संक्षिप्त परिचय सरकारी वकीलको काम कर्तव्य र समुदाय बिचको संम्बन्ध, मानब बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा र बोक्सीको आरोपका बारेमा जिल्ला न्यायाधिवक्ता श्री उदयचन्द्र अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो भने तहाँ उपस्थित हुनुभएका प्रतिनिधी ज्यूहरु समेतले छलफलमा उठेका विषयहरुको सम्बोधन गर्नुभएको थयो । उक्त कार्यक्रम सञ्चालन यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री विजय कुमार महतोले गर्नु भएको थियो । 


संलग्न जोडिएका विवरणहरु

मिति २०७९।०३।१८ गते दुर्गाभगवती गाउँपालीका वडा नं. ५ बडहर्वा (मण्डली भवन) रौतहटमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरीयो । download
समाचार

हार्दिक श्रदाञ्जली




रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका स्थित श्री सरस्वती उ.मा.वि. पिपरा भलोहियामा भएको समुदायमा सरकारी वकिल कार्यक्रमको प्रतिवेदन र सहभागीहरुको फोटो


सम्मान पत्र प्रदान गरियो



जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको मिति २०८०/०५/०३ गते आइतबार एक समारोहकाबीच उद्धघाटन गरिएको छ


जिल्ला सरकारी वकील कार्यालय रौतहट भवन समुद्घटना समारोह बीच नेपाल सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेलले न्यायलाई केन्द्रमा राखेर मिटर ब्याजीको समस्याको समाधान गर्नुपर्ने


समुदायमा सरकारी वकील कार्यक्रम । (२०७९।०३।१८)


जिल्ला न्यायाधिवक्ता श्री सुवास कुमार भट्टराई ज्यूको विदाई कार्यक्रम र जिल्ला न्यायाधिवक्ता श्री उदय चन्द्र अधिकारी ज्यूको स्वागत कार्यक्रम