जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको मिति २०८०/०५/०३ गते आइतबार एक समारोहकाबीच उद्धघाटन गरिएको छ

samachar

2080-5-10

रौतहटको गौरमा रहेको जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको आइतबार एक समारोहकाबीच उद्धघाटन गरिएको छ । भवनको उद्धघाटन गर्दै महान्यायाधिवक्ता दिनमणी पोखरेलले पूर्वाधारको विकाससँगै कार्यालयले न्याय सम्पादन पनि अझ बढि सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले नयाँ भवनबाट प्रदान गरिने सेवा सबैको पहुँचमा हुनुपर्ने भन्दै नयाँ परिमार्जित ऐन, कानुन र नियमको परिधीभित्र रहेर सो भवनबाट सेवाग्राहिलाई ढिलासुस्ती नगरी गुणस्तरीय सेवा दिन आग्रह गरे ।

‘सुविधा सम्पन्न भवन पाउनु आफैमा ठुलो उपलब्धि हो’ उनले भने, ‘साधन श्रोतको उपलब्धता र प्रदान गर्ने सेवाको गुणस्तरीयता मापन गर्ने प्रक्रिया पनि यसले सँगसँगै लिएर आउँछ । यति ठुलो साधनश्रोतले सम्पन्न भवनमा बसेर प्रदान गर्ने सेवा र भूमिका कति प्रभावकारी भयो भनेर हामीमाथि औला ठड्याउने, प्रश्न गर्ने चुनौति पनि रहेको छ।’

उनले महान्याधिवक्ताको कार्यालयले देशैभर सुविधा सम्पन्न सरकारी वकिलको कार्यालय भवन निमार्ण गर्ने अभियान अन्र्तगत अहिले देशका १४–१५ वटा बाहेक अन्य जिल्लामा भवन निमार्ण सम्पन्न गरिएको जानकारी दिदैँ बाँकी जिल्लाहरुमा पनि छिट्टै भवनहरु निमार्ण गरिने बताए ।

फरक प्रसंगमा साइवर क्राईम , बैकिङ कसुरको , मिटर व्याजी मुद्दा जिल्ला अदालत मार्फतमा आएकाले सरकारी वकिल कार्यालयमा भूमिका अझ बढेको भन्दै उनले न्यायलाई केन्द्रमा राखेर जिम्मेवारी सहि तरिकाले पूरा सुझाए ।

कार्यक्रममा जिल्ला न्यायाधीश मातृका प्रसाद मरासिनी पिडितले समयमै न्याय पाउनको लागि सबै सरोकारवालाहरु हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदैं न्यायबाटो सबैको लागि सहज र सरल बनाउनुपर्ने बताए ।

सो भवन निर्माणको लागि महान्यायाधिवक्ता कार्यालयले २०७८ जेठ १० गते कुल लागत अनुमान ५ करोड २ लाख ७२ हजार १४८ रुपैया १ पैसा स्वीकृत गरेकोमा मूल्य अभिवृद्धि करबाहेक ३ करोड ३३ लाख ७८ हजार ८६० रुपैयां ७६ पैसामा कार्य सम्पन्न गर्ने गरी निमार्ण कम्पनी सिएम–चण्डीदेवी–मुन्ना जेभी कम्पनी र जिल्ला सरकारी वकिल कार्यालय रौतहटबीच २०७८ असोज २० गते २०८० असोज २० गत निमार्ण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । सम्झौतामा तोकिएको निर्धारित म्यादभित्रै निर्माण व्यवसायीको तर्फबाट भवनको निर्माण कार्य सम्पन्नको भएको जिल्ला न्याधिवक्ता बद्री कुमार कार्कीले जानकारी दिए ।

२४ वटा कोठाहरु रहेको सो नयाँ भवनको तेस्रो तलामा पाहुना कक्ष र चौथो तलामा कार्यालय प्रमुखको निवास रहेको उनले बताए । यस अघि सोही ठाउँमा रहेको पुरानो साँघुरो भवनबाट कार्यालय नवनिर्मित भवनमा सरेपछि सेवा प्रवाहमा सहजता हुने विश्वास कार्कीको रहेको छ ।

नायव महान्यायाधिवक्ता विश्वराज कोइराला सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महान्यायाधिवक्ता कार्यलयका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च सरकारी वकिल कार्यालय बिरगंजका सहन्यायाधिवक्ता राम कुमार थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रतिनिधि, रौतहट बार एसोसीएसनका प्रतिनिधि तथा कानुनी व्यवसायी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

हार्दिक श्रदाञ्जली




रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका स्थित श्री सरस्वती उ.मा.वि. पिपरा भलोहियामा भएको समुदायमा सरकारी वकिल कार्यक्रमको प्रतिवेदन र सहभागीहरुको फोटो


सम्मान पत्र प्रदान गरियो



जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको मिति २०८०/०५/०३ गते आइतबार एक समारोहकाबीच उद्धघाटन गरिएको छ


जिल्ला सरकारी वकील कार्यालय रौतहट भवन समुद्घटना समारोह बीच नेपाल सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेलले न्यायलाई केन्द्रमा राखेर मिटर ब्याजीको समस्याको समाधान गर्नुपर्ने


समुदायमा सरकारी वकील कार्यक्रम । (२०७९।०३।१८)


जिल्ला न्यायाधिवक्ता श्री सुवास कुमार भट्टराई ज्यूको विदाई कार्यक्रम र जिल्ला न्यायाधिवक्ता श्री उदय चन्द्र अधिकारी ज्यूको स्वागत कार्यक्रम