• सुचना
  • "व्यवसायिक र सिर्जनशिल प्रशासन विकास, समृद्धि र सुशासन" भन्ने मुल नाराका साथ मिति २०८२ भदौ 22 गते २२ औं निजामती सेवा दिवसको अवसरमा यस जिल्ला सरकारी वकील कार्यालय, ललितपुरमा एक विशेष कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस भव्यताका साथ सम्पन्न गरिएको छ। कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री जनकप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ताहरु लगायत सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षणको रूपमा, कार्यालयप्रतिको समर्पण, दक्षता, समयपालन र पेशागत इमानदारीतालाई उच्च मूल्याङ्कन गर्दै यस वर्षको उत्कृष्ट कर्मचारी को रुपमा कम्प्युटर अपरेटर श्री अनु बिष्ट लाई विशेष पुरस्कारसहित सम्मान गरिएको छ। कार्यक्रममा बोल्दै कार्यालय प्रमुख श्री जनकप्रसाद घिमिरेले निजामती सेवाको मूल मर्म बुझी काम गर्ने कर्मचारीहरूको योगदानबाट नै सेवा प्रवाहमा सुधार आएको उल्लेख गर्दै अनु बिष्ट जस्ता कर्मठ कर्मचारीहरू अन्य कर्मचारीहरुका लागि प्रेरणाको स्रोत भएको बताउनु भयो। निजामती सेवा दिवसको सन्देश स्वरूप, सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। यस जिल्ला सरकारी वकील कार्यालय, ललितपुरद्वारा आयोजित यस कार्यक्रमले निजामती कर्मचारीबीच आपसी समन्वय, सहकार्य, प्रेरणा र कार्यक्षमतामा वृद्धि गर्ने विश्वास लिइएको छ।
  • नमुना सरकारी वकील कार्यालय, ललितपुरमा यहाँलाई हार्दिक स्वागत छ । यस नमुना सरकारी वकील कार्यालय ललितपुरमा सम्वन्धित कुनै सल्लाह सुझाव वा जिज्ञासा तथा गुनासो भएमा कार्यालयको फोन नं.५५४४९३४,५००८१६३ वा ईमेल dgao.lalitpur@ag.gov.np मा सम्पर्क गर्नु हुन अनुरोध छ । धन्यावाद ।

परिचय

 

जिल्ला सरकारी वकील कार्यालयललितपुर महानगरपालिका वडा नं. ५ स्थित मानभवनमा अवस्थित  रहेको छ ।यस कार्यालयको स्थापना वि.स. २०५६ सालमा भएको हो ।यो कार्यालय ०-१२-० क्षेत्रफलमा फैलिएको छ। यस कार्यालयलाई वाग्मती प्रदेश अन्तर्गतको नमुना सरकारी वकिल कार्यालयको रुपमा स्थापना गरिएको छ ।

जनशक्ति:

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा जिल्ला न्यायाधिवक्ता -१सहायक जिल्ला न्याधिवक्ता- ४नायव सुव्वा- ३खरिदार- १कम्प्युटर अपरेटर- १सहायक कम्प्युटर अपरेटर- १हलुका सवारी चालक- १ र कार्यालय सहयोगी- ४ गरी जम्मा १६ जना कर्मचारी कार्यरत छन ।

 

       

 

 

 

Email:-districtattorneyofficelalitpur@gmail.com,

dgao.lalitpur@ag.gov.np

Tel:‌+977-1-5544934,+977-1-5008163

 


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायधिवक्ता (कार्यालय प्रमुख)

जनकप्रसाद घिमिरे

सहायक जिल्ला न्यायाधिवक्ता

प्रकाश सुवेदी

सहायक जिल्ला न्यायधिवक्ता (सुचना अधिकारी)

भरत कुमार मैनाली

सहायक जिल्ला न्यायधिवक्ता (गुनासो सुन्ने अधिकारी)

बसन्त अर्याल

सहायक जिल्ला न्यायाधिवक्ता

अन्जली शर्मा न्यौपाने