2076-8-5
'समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न
ललितपुर, जेठ १४, 2083
ललितपुर जिल्ला बुङमती स्थित श्री ज्ञानोदय बालबाटिका माध्यमिक विद्यालयमा 'समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न भएको छ।यस कार्यालयको आयोजना तथा श्री ज्ञानोदय बालबाटिका माध्यमिक विद्यालयको सहकार्यमा भएको उक्त कार्यक्रम दिउँसो १ बजे सुरु भएको थियो। कानुनी सचेतना जगाउने उद्देश्यले सञ्चालित सो कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीय प्रतिनिधिहरु गरी ६१ जनाको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै यस कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायधिवक्ता श्री जनक प्रसाद घिमिरेले आम नागरिक र विद्यार्थी वर्गमा कानुनी साक्षरता बढाउन तथा अपराध नियन्त्रणमा समुदायको भूमिका प्रष्ट पार्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, प्रधानाध्यापक घिमिरेले विद्यालय तहमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीहरू सानै उमेरदेखि कानुन र आफ्नो अधिकारप्रति सजग हुने र आगामी दिनमा पनि यस्तै कार्याक्रमका लागी सहकार्य गर्न तयार रहेको बताउनुभयो।कार्यक्रममा सहभागीहरूलाई सरकारी वकिलको काम, कर्तव्य र न्याय सम्पादन प्रक्रियाका साथै समसामयिक कानुनी विषयहरूमा समेत जानकारी गराइएको थियो।