'समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न ललितपुर, असार 10, 2083

samachar

2083-3-23

ललितपुर जिल्ला मानभवन स्थित श्री मेगा कलेज अफ ल मा 'समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न भएको छ।यस कार्यालयको आयोजना तथा श्री मेगा कलेज अफ लको सहकार्यमा भएको उक्त कार्यक्रम दिउँसो 3 बजे सुरु भएको थियो। कानुनी सचेतना जगाउने उद्देश्यले सञ्चालित सो कार्यक्रममा विद्यालयका विद्यार्थी,  शिक्षक र स्थानीय प्रतिनिधिहरु गरी 41 जनाको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै यस कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायधिवक्ता श्री जनक प्रसाद घिमिरेले आम नागरिक र विद्यार्थी वर्गमा कानुनी साक्षरता बढाउन तथा अपराध नियन्त्रणमा समुदायको भूमिका प्रष्ट पार्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, सहायक जिल्ला न्यायाधिवक्ताहरु प्रकास सुवेदी, भरत कुमार मैनाली र वसन्त अर्यालले पनि समुदायमा सरकारी वकील कार्यक्रमको औचित्य बारे प्रष्ट पार्नु भयो। उक्त कलेजका संयोजक विनोद खत्रीले विद्यालय तहमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीहरू सानै उमेरदेखि कानुन र आफ्नो अधिकारप्रति सजग हुने र आगामी दिनमा पनि यस्तै कार्याक्रमका लागी सहकार्य गर्न तयार रहेको बताउनुभयो।कार्यक्रममा सहभागीहरूलाई सरकारी वकिलको काम, कर्तव्य र न्याय सम्पादन प्रक्रियाका साथै समसामयिक कानुनी विषयहरूमा समेत जानकारी गराइएको थियो।


संलग्न जोडिएका विवरणहरु

download