2019-11-21
सरकारी वकीलहरुको चौथौ राष्ट्रिय सम्मेलन
"समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम" २०७६, ललितपुर महान्यायाधिवक्ताको कार्यालयको दोश्रो रणनीतिक योजना अन्तर्गत बार्षिक क्रियाकलाप अन्तर्गत रही महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत कार्यक्रम तथा श्रीमान महान्यायधिवक्ता ज्यू र प्रहरी महानिरिक्षक ज्युको संयुक्त निर्देशनमा देशैभरी ७७ वटै जिल्ला मध्ये ललितपुर जिल्लामा समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सन्चालन गरिएको उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय पाटन, जिल्ला सरकारी वकील कार्यालय ललितपुर, महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त आयोजनामा मिति २०७६।०८।०४ गते ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४ तिखेदेवल सामुदायिक सेवा केन्द्रको हलमा "समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम" सम्पन्न गरियो । उक्त कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता श्री लोकराज पराजुली, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक श्री टेक प्रसाद राई, जिल्ला न्यायाधिवक्ता श्री मोना सिंह,महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरिक्षक श्री सन्तोष तामाङ, महानगरीय प्रहरी बृत्त सातदोबाटोका प्रहरी नायव उपरिक्षक श्री गौतम मिश्र, उच्च सरकारी वकील कार्यालय पाटनका शाखा अधिकृत चन्द्र प्रसाद सन्जेल ,सहायक जिल्ला न्यायाधिवक्ता बिना खड्का -थापा_, सहायक जिल्ला न्यायाधिवक्ता कंचन घिमिरे, ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.१४ का निमित्त वडा अध्यक्ष नारायण थापा, ऐ.वडाका महिला सदस्य संगिता अछामी, नागरीक समाजका समाजसेवी श्री कृष्ण ढुङ्गाना, चौतारी बस्ती महिला समुहका सचिव बिध्या खड्का, जागृति समुह जुपिटर टोलका अध्यक्ष कोपिला काफ्ले, ललितपुर महानगरपालिका वडा नं.१४ का सामुदायिक प्रहरी साझेदारीका सदस्य कविराज राई, अधिवक्ता वेल कुमारी राई,EINSTEIN ACADEMYका CED कविराज राई र स्थानीय जनप्रतिनिधिहरु, विद्यालयका शिक्षक-विद्यार्थिहरु, सामाजिक परिचालिका, सामाजिक संस्थाहरु, गैर सरकारी संस्थाका प्रतिनिधि र जिल्ला सरकारी वकील कार्यालय ललितपुरबाट अन्य कर्मचारीहरु समेत गरी जम्मा १०८ जनाको सहभागिता रहेको थियो । अपराधको वर्तमान अवस्था, प्रहरी परिचालन, जनसमुदायसँग अपेक्षा र सरकारवादी मुद्दाको अनुसन्धान तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमका सम्वन्धमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक सुरेश राज भट्ट, सरकारी वकीलको संरचना क्षेत्र तथा अधिकार ,सरकार वादी मुद्दाको अनुसन्धान तथा अभियोजनमा सरकारी वकिलको भुमिका एंव मानव मर्यादा विरुद्धका कसुर र सरकार वादी फौजदारी मुद्धामा समुदाय तथा जनप्रतिनिधिहरुबाट राखेको अपेक्षा सम्बन्धमा सहायक जिल्ला न्यायाधिवक्ता श्री कंचन घिमिरे र बालबालिका संलग्न रहेका मुद्दाहरुको अन्तर्राष्टिय कानुनी व्यवस्था, एंव बालबालिका सम्वन्धि ऐन २०७५ मा भएको कानुनी व्यवस्थाको सम्वन्धमा उच्च सरकारी वकील कार्यालय पाटनका शाखा अधिकृत चन्द्र प्रसाद सन्जेलले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । महानगरीय प्रहरी बृत्त सातदोबाटोका प्रहरी नायव उपरिक्षक श्री गौतम मिश्र, जिल्ला न्यायाधिवक्ता श्री मोना सिंह, उच्च सरकारी वकीलक कार्यालयका सहन्यायाधिवक्ता श्री लोकराज पराजुली ज्युले सहभागिहरुले राखेको जिज्ञासाको समाधान गर्दै मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका ललितपुर महानगरपालिकाका वडा नं.१४ का निमित्त वडा अध्यक्ष नारायण थापा ज्यूले, यस कार्यक्रम आयोजना गरी यहाँ सम्म आइ पुगेर चेतना जगाउने कार्य गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै तपाईहरुले हामी जनसमुदायसगँ राख्नुभएको अपेक्षा अवश्य नै पुरा गर्ने छौ भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
मिति २०७८।०५।३१ गते जिल्ला न्यायाधिवक्ता श्री शान्ति न्यौपानेको संयोजत्वमा वसेको स्टाफ बैठकमा कर्मचारीहरु बिच छलफल गरियो ।