2076-8-6
"व्यवसायिक र सिर्जनशिल प्रशासन विकास, समृद्धि र सुशासन" भन्ने मुल नाराका साथ मिति २०८२ भदौ 22 गते २२ औं निजामती सेवा दिवसको अवसरमा यस जिल्ला सरकारी वकील कार्यालय, ललितपुरमा एक विशेष कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस भव्यताका साथ सम्पन्न गरिएको छ। कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री जनकप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ताहरु लगायत सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षणको रूपमा, कार्यालयप्रतिको समर्पण, दक्षता, समयपालन र पेशागत इमानदारीतालाई उच्च मूल्याङ्कन गर्दै यस वर्षको उत्कृष्ट कर्मचारी को रुपमा कम्प्युटर अपरेटर श्री अनु बिष्ट लाई विशेष पुरस्कारसहित सम्मान गरिएको छ। कार्यक्रममा बोल्दै कार्यालय प्रमुख श्री जनकप्रसाद घिमिरेले निजामती सेवाको मूल मर्म बुझी काम गर्ने कर्मचारीहरूको योगदानबाट नै सेवा प्रवाहमा सुधार आएको उल्लेख गर्दै अनु बिष्ट जस्ता कर्मठ कर्मचारीहरू अन्य कर्मचारीहरुका लागि प्रेरणाको स्रोत भएको बताउनु भयो। निजामती सेवा दिवसको सन्देश स्वरूप, सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। यस जिल्ला सरकारी वकील कार्यालय, ललितपुरद्वारा आयोजित यस कार्यक्रमले निजामती कर्मचारीबीच आपसी समन्वय, सहकार्य, प्रेरणा र कार्यक्षमतामा वृद्धि गर्ने विश्वास लिइएको छ।