स. जि. न्या. श्री खिमानन्द गौतम ज्यूको विदाई कार्यक्रम सम्पन्न ।

samachar

2075-11-1

मिति २०७५ माघ २९ गते जिल्ला सरकारी वकिल कार्यालय, रूपन्देहीले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । २०७५।४।७ गते देखि २०७५।१०।२९ गतेसम्म करिब ७ महिना कार्यरत स. जि. न्या. श्री खिमानन्द गाैतम ज्यूकाे उप न्यायधिवक्ता पदमा बढुवा भई उच्च सरकारी वकील कार्यालय, बाँकेमा पदस्थापना हुनु भएकाेमा उहाँलाई हार्दिक बधाई तथा  सफल कार्यकालको शुभकामना दिई यस कार्यालयवाट औपचारिकरूपमा बिदाई कार्यक्रम सम्पन्न गरियो ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेले उहाँको कार्यप्रगतीको उच्च मुल्यांकन गर्दै उहाँ प्रति प्रशंसा गर्दैं  हार्दिक बधाई तथा  सफल कार्यकालको शुभकामना दिनु भयो भने अन्य सहभागी कर्मचारीहरुले समेत बधाई तथा शुभकामना दिनु भयो । 

बढुवा भई उप न्यायाधिवक्ता गौतमले सरकारी कर्मचारीले पद बमोजिमको कार्य विवरण पुरा गर्नुपर्ने र कर्मचारीको जीवनमा आचरण, व्यवहार र चरित्र महत्वपूर्ण हुने बताउनुभयो । जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण घिमिरेको अध्यक्षतामा सम्पन्न बिदाई समारोहमा जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा विदाई कार्यक्रम सम्पन्न भयो । । कार्यक्रमको सञ्चालन कम्प्युटर अपरेटर श्री भोजराज न्यौपानेले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

आज मिति २०७८।११।०६ गतेका दिन जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यको संयोजकत्वमा सरकारी वकील तथा अनुसन्धान अधिकृतहरु बीचको बैठक सम्पन्न ।


मिति २०७८।०६।२१ गते यस जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीमा कार्यरत जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्ले ज्यूको बिदाई तथा जिल्ला न्यायाधिवक्ता देवन्द्रराज आचार्य ज्यूको स्वागत कार्यक्रम सम्पन्न ।




जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूहरुको विदाई कार्यक्रम सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न



महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौंवाट अनुगमन तथा निरिक्षण कार्य सम्पन्न ।


रोहिणी गा. पा. रुपन्देहीमा समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकीलको संयुक्त कार्यक्रम २०७६ सम्पन्न ।


मिति २०७६/०७/०२ शनिबार उच्च सरकारी वकील कार्यालय बुटवल र जिल्ला सरकारी वकील कार्यालय, रूपन्देहीको संयुक्त आयोजनामा ओमसतिया गाउँपालिकामा कानुन सम्वन्धी सचेतना "समुदायमा सरकारी वकील कार्यक्रम" सफलतापूर्वक सम्पन्न ।