|
क्र.सं.
|
शाखा/ फाँट
|
शाखा प्रमुख
|
फाँटवाला
|
फाँटबाट सम्पन्न कामको विवरण
|
|
१
|
मुद्दा शाखा, प्रशासन तथा योजना शाखा
|
स.जि.न्या.व श्री तुल्सीराम ज्ञवाली
|
श्री बोम प्रसाद पन्थी
|
- अनुसन्धान तथा अभियोजन फाँटबाट अभियोजन भएका मुद्दाहरुको रेकर्ड राख्ने मिसिल बुझ्ने, Upload नभएका भए Upload गर्न कम्प्युटर फाँटमा पठाउने र पक्राउ प्रतिवादी भएको मुद्दा अभियोजन गर्ने सरकारी वकिल समक्ष पेश गर्ने ।
- पक्राउ प्रतिवादी भएको हकमा बयान थुनछेक आदेश आए पश्चात सम्बन्धित सरकारी वकिल समक्ष पेश गर्ने र ७३ नं. बमोजिमको निवेदन गरेमा सोही बमोजिम गर्ने
- फरार प्रतिवादी हाजिर भएमा वयान र थुनछेक आदेश मिसिल सामेल राखी ७३ नं. बमोजिमको निवेदन गर्ने नगर्ने सम्बन्धमा वहस गर्ने सरकारी वकिलकोमा पेश गर्ने ।
- अदालतमा पेशी सुचीमा चढेका मुद्दाको कागजातहरु Update गराउने ।
- अदालतमा चालु अवस्थामा रहेका मुद्दासँग सम्बन्धित चिठी पत्रहरुको सम्बोधन गर्ने ।
- मुद्दा फैसला भए पश्चात रेकर्ड जनाई पुनरावेदन शाखामा मिसिल पठाउने ।
- रिट तथा नेपाल सरकारको सरोकार रहेका मुद्दाहरुको दर्ता गर्ने तथा अदालतमा पठाउने ।
- जाहेरी दर्ता नगरेको भनी आएका जाहेरी तथा सुचनाको छुट्टै दर्ता किताव खडा गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- प्रशासनसँग सम्बन्धित काम कारवाही गर्ने, उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्ता कार्यालयबाट आउने निर्देशन तथा परिपत्रहरु कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- हेलो साक्षी संचालन गर्ने, साक्षीहरुलाई अदालत पठाउने ।
- ७३ नं. परी उच्च सरकारी वकिल कार्यालयबाट माग भएका मिसिल कागजातहरु Update गरी रेकर्ड समेत राखी पठाउने र फिर्ता आएपश्चात रेकर्डमा जनाई मिसिल व्यवस्थित गर्ने ।
- अदालतमा बिचाराधिन मुद्दाको तथा फैसला भएका मिलापत्र सम्बन्धी काम कारवाही अगाडी बढाउने,
- उल्लेखित कामका अतिरिक्त आवश्यकता अनुसार कार्यालय प्रमुख, शाखा प्रमुख तथा सहायक जिल्ला न्यायाधिवक्ताहरुले लगाएको कार्यालयको काम गर्ने ।
|
|
२
|
अनुसन्धानका मुद्दा व्यवस्थापन तथा समन्वय शाखा
|
स.जि.न्या.व श्री खडानन्द पोखरेल
(गुनासो सुन्ने अधिकारी)
|
श्री सुशिला ज्ञवाली
|
- प्रारम्भिक अनुसन्धान प्रतिवेदन दर्ता गर्ने
- सरकारी वकिलबाट अनुसन्धानको क्रममा दिएका निर्देशनहरुको रेकर्ड राख्ने तथा उक्त निर्देशन अनुसन्धान गर्ने निकायमा पठाउने
- ( भर्पाई गराएर बुझाउने)
- अनुसन्धान प्रतिवेदन दर्ता, सक्कल र नक्कल मिसिलमा कागजातहरु रुजु (सक्कलका सम्पुर्ण कागजातहरु नक्कलमा हुनुपर्ने)
- अनुसन्धान प्रतिवेदन बुझ्दा Soft copy आए नआएको एकिन गरी soft copy आए पश्चात मात्र भर्पाई गरी पठाउने
- अनुसन्धान प्रतिवेदन बुझ्दा दशी एकिन गर्ने, फरार प्रतिवादीको वतन खुल्ने कागजात भए नभएको यकिन गर्ने ।
- ठगी, बैंकिङ कसूर लगाएतका अनुसन्धानको क्रममा मिलापत्र हुने मुद्दाहरुको मिलापत्रको राय आएकोमा मुद्दा नचल्ने मस्यौदा (मिलापत्र निर्णय) तयार पार्ने ।
- मुद्दा चल्ने नचल्ने निर्णयहरुको सिलसिलेवार रेकर्ड राख्ने ।
- मुद्दा नचल्ने निर्णय तथा आंशिक मुद्दा नचल्ने निर्णय भएकोमा निकासाको लागि पठाउने र फिर्ता आए पश्चात रेकर्ड जनाउने ।
- मुद्दाको अभियोजन भए पश्चात अभियोगपत्र Upload को लागि सुचना प्रविधि शाखामा (कम्प्युटर शाखा) मा पठाउने र अभियोजन भएका मुद्दाहरु संग सम्बन्धित मिसिल मुद्दा फाँटमा पठाउने ।
- अनुसूची २ अनतर्गतका निर्णयहरु तयार गरी सरकारी वकील समक्ष पेश गर्ने ।
- उल्लेखित कामका अतिरिक्त आवश्यकता अनुसार श्रीमान जिल्ला न्यायाधिवक्ता, शाखा प्रमुख तथा सहायक जिल्ला न्यायाधिवक्ताहरुले लगाएको कार्यालयको काम गर्ने ।
|
|
३
|
पुनरावेदन, लेखा तथा अभिलेख शाखा
|
स.जि.न्या.व श्री चेतबहादुर जि.सी.
|
श्री विकाश बि.क.
|
- फैसला भएका मुद्दाहरु मुद्दा शाखाबाट बुझ्ने र सो को रेकर्ड समेत राख्ने ।
- अदालतबाट आएका फैसलाको जानकारी सम्बन्धित मिसिलमा राखी पु.वे. गर्ने नगर्ने सम्बन्धमा कार्यालय प्रमुख समक्ष पेश गर्ने
- तामेली (झुठा वा भ्रमपुर्ण जाहेरी तथा प्रतिवादी नखुलेका मुद्दा) को दर्ता र निर्णय मस्यौदा
- पुनरावेदनको कारवाही तथा सफल ल.क.को रेकर्ड राख्ने (मिसिल कहाँ कुन अवस्थामा छ सो विवरण)
- मुल्तवीमा रहेको रेकर्ड राख्ने र मुल्तवी जागी पेश चढेकोमा मिसिल खोजी मुद्दा फाँटमा रेकर्ड सहित बुझाउने ।
- पुनरावेदन सम्बन्धी कारवाहीको लागि उच्च सरकारी वकिल कार्यालयबाट मिसिल माग भएमा तुरुन्त Response गरी मिसिल पठाउने ।
- मुद्दा अन्तिम भए नभएको सम्बन्धमा माग भएको जवाफ अभिलेख तथा रेकर्ड हेरी सो सम्बन्धी काम कारवाही गर्ने ।
- पुनरावेदन तहबाट मुद्दाको किनारा लागि आएको (उच्च तथा म.न्या.का.बाट) रेकर्ड राख्ने ।
- जेनजी आन्दोलनबाट जली नष्ट भएका मिसिलहरुको व्यवस्थापनको लागि राजपत्राङ्कीत कर्मचारीहरुको सहयोगमा लिइ काम गर्ने ।
- कारागारबाट सोधनी भएका तथा पुनरावेदन परे नपरेको पत्रहरुको जवाफ रेकर्ड हेरी तयार गरी पेश गर्ने ।
- उल्लेखित कामका अतिरिक्त आवश्यकता अनुसार श्रीमान जिल्ला न्यायाधिवक्ता, शाखा प्रमुख तथा सहायक जिल्ला न्यायाधिवक्ताहरुले लगाएको कार्यालयको काम गर्ने ।
- लेखा र जिन्सी सम्बन्धी काम कारवाही गर्ने ।
उल्लेखित कामका अतिरिक्त आवश्यकता अनुसार कार्यालय प्रमुख, शाखा प्रमुख तथा सहायक जिल्ला न्यायाधिवक्ताहरुले लगाएको कार्यालयको काम गर्ने ।
|
|
४
|
साइबर सुरक्षा तथा सूचना प्रविधी शाखा
|
स.जि.न्या.व श्री गोपाल पौड्याल
|
क.अ.श्री राजेश चौधरी
क.अ.श्री रजनी पोख्रेल
|
- नियमित रुपमा mail हेर्ने र कुनै निर्देशन तथा परिपत्र आएको अवस्थामा प्रिन्ट गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- अभियोगपत्रको मस्यौदा तयार गर्ने तथा अभियोगपत्र upload लगाएत CMS Entry सम्बन्धी कामहरु गर्ने ।
- अभियोगपत्र तयार भए पश्चात निर्णयको मस्यौदा तयार गरी पेश गर्ने ।
- उल्लेखित कामका अतिरिक्त आवश्यकता अनुसार कार्यालय प्रमुख, शाखा प्रमुख तथा सहायक जिल्ला न्यायाधिवक्ताहरुले लगाएको कार्यालयको काम गर्ने ।
|
|
५
|
पुस्तकालय, तामेली पुनरावेदन मस्यौदा लेखन शाखा
|
स.जि.न्या.व श्री आस्था ढुंगेल
(सूचना अधिकारी)
|
श्री मन्जु अर्याल
|
- प्रतिवादी नखुलेका तथा नभएका तामेली सम्बन्धी मुद्दा नचलाउने सक्कल मिसिलहरु रुजु गरी बुझ्ने, निर्णयको मस्यौदा तयार गरी पेश गर्ने ।
- पुनरावेदनका मस्यौदा तयार गरी सम्बन्धित सरकारी वकील समक्ष पेश गर्ने,आवश्यकत अनुसार अभियोगपत्रको मस्यौदा तयार गरी सरकारी वकील समक्ष पेश गर्ने ।
- सरकारी वकीलहरुबाट प्राप्त भएका पुनरावेदन मस्यौदा तयरा गर्ने ।
- उल्लेखित कामका अतिरिक्त आवश्यकता अनुसार कार्यालय प्रमुख, शाखा प्रमुख तथा सहायक जिल्ला न्यायाधिवक्ताहरुले लगाएको कार्यालयको काम गर्ने ।
|