2082-9-13
महान्यायाधिबक्ताको कार्यालयको ७५ औं स्थापना दिबसको अबसरमा जिल्ला सरकारी वकिल कार्यालयले एक कार्यक्रम बिच स्थापना दिबस मनायो । महान्यायाधिवक्ताको कार्यालयले सबै सरकारी वकिल कार्यालयले स्थापना दिबस मनाउनु भनी परिपत्र गरे अनुसार यो कार्यक्रम सरकारी वकिल कार्यालयमा आयोजना गरिएको हो । कार्यक्रम नि. जिल्ला न्यायाधीबक्ता श्री ठाकुर राम भण्डारीको अध्यक्षता र मा. जि. न्यायाधीश श्रीमान् कुल प्रसाद दाहालज्यूको प्रमुख आतिथ्यतामा भएको थियो । निमित्त जिल्ला न्यायाधीबक्ता बाट महान्यायाधिवक्ताको इतिहासम समेटिएको छोटो power point presentation गरियो । उक्त कार्यक्रममा जि. अ. बारका अध्यक्ष अमलराज शाहि लगायत अधिबक्ता ज्यूहरु, नि. श्रेस्तेदार सुनिल खाँड, स.प्र.जि.अ. जनक शर्मा, कारागार प्रमुख मान बहादुर बि.क., प्रहरी निरीक्षक श्री वीर बहादुर सुनार लगायत जिल्ला अदालत तथा प्रहरी कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो । उत्कृष्ट कार्यसम्पादक गर्ने कर्मचारीलाई प्रशंसापत्र समेत दिइएको थियो । हामी सबैको कानुनी सल्लाहकार सरकारी वकिल कार्यालय भएकोले यस कार्यालयको महत्त्व रहेको भनि प्रमुख अतिथि ज्यूले मन्तव्य राख्नु भएको थियो । सबै सरोकार वाला निकाय बिचको अन्तर सम्बन्धले न्याय प्राप्तिमा योगदान प्राप्तिमा सहजीकरण हुने छ भनि बार अध्यक्ष अमलराज साहीले मन्तव्य राख्नु भयो । स.प्र.जि.अ. जनक शर्माले prosecution जस्तो पीडित न्यायको लागि महत्त्वपूर्ण भूमिका सरकारी वकिल कार्यालयको रहेको भनि बताउनु भयो । प्रहरी निरीक्षक वीर बहादुर सुनारले अनुसन्धान र अभियोजन बिच सहकार्य र समन्वय भइ पीडितको अधिकार स्थापित गर्न लागि रहेको भनी बताउनु भयो । करिब 35 जना सहभागि उक्त औपचारिक कार्यक्रम पश्चात् आयोजित चियापान कार्यक्रममा अन्तरनिकाय बिच समसामयिक कानुन न्याय र ब्यबहारिक पक्ष बिच थप छलफल गरिएको थियो ।
आ.व. २०८२।०८३ पुस महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८२।०८३ मंसिर महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८२।०८३ कार्तिक महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८२।०८३ असोज महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८२।०८३ भाद्र महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८२।०८३ श्रावण महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८१।०८२ को मुद्दाको वार्षिक प्रतिवेदन
आ.व. २०८१।०८२ असार महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८१।०८२ जेठ महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८१।०८२ बैशाख महिनाको मुद्दाको मासिक प्रतिवेदन
महान्यायाधिवक्ताको कार्यालयको ७५ औँ स्थापना दिवस समारोह
मिति २०८१।०९।०४ गते जिल्ला सरकारी वकील कार्यालय, कालिकोटको कार्यालयमा अनुसुची-१ वा अनुसुची-२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा अभियोजनसँग संलग्न निकायबीचको छलफल तथा निर्णयहरु।
समुदायमा सरकारी वकील कार्यक्रम २०८०।०६।२३
कर्मचारी बैठक
आ.व. ०७९/०८० पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
२०७९ साल बैशाख महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
" समुदायमा सरकारी वकील कार्यक्रम २०७८-११-०६ गते"
" समुदायमा सरकारी वकील कार्यक्रम "
जिल्ला सरकारी वकील कार्यालय कालिकोटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन समारोह सुसम्पन्न भयो ।
बाल न्याय सम्बन्धी दुई दिवसीय कार्यशाला सम्पन्न ।