जिल्ला सरकारी वकील कार्यालय कालिकोटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन समारोह सुसम्पन्न भयो ।

samachar

2078-3-18

कर्णाली प्रदेशको हिमाली विकट जिल्ला कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं. १ मा जिल्ला सरकारी वकील कार्यालय, कालीकोटको नवनिर्मित कार्यालय भवन माननीय महान्यायाधिवक्ता श्री रमेश वडाल ज्यू द्वारा भर्चुअल माध्यामबाट आज मिति २०७८ आषाढ १६ गते  समुद्घाटन सम्पन्न भयो ।

तत्कालिन शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, जुम्ला (हाल शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्ला) ले आर्थिक तथा प्राविधिक लगायतको सम्पूर्ण कार्यहरु गरी यस कार्यालयको नाममा रहेको कित्ता नं ८४४ को ५९३ वर्गमिटर क्षेत्रफल मध्ये १९२ वर्गमिटर जग्गामा कार्यालयको ३ तले भवन निर्माण गर्ने कार्य भएको हो  । हाल सम्पन्न भएको नवनिर्मित भवनमा पीडित मैत्री कक्ष, बयान कक्ष, सभा हल, पुस्तकालय लगायत अन्य कार्य कक्ष समेतको व्यवस्था रहेको छ ।

जिल्ला सरकारी वकील कार्यलय कालीकोटको नव निर्मित भवनको समुद्घाटन समारोहमा उच्च सरकारी वकील कार्यालय जुम्लाका का.मु. सहन्यायाधिवक्ता शम्भु गौतम, कालिकोट जिल्ला अदालतका माननीय जिल्ला न्यायाधिश श्री लालकाजी श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद आचार्य र जिल्ला स्थित कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, कालीकोटका नि. जिल्ला न्यायाधिवक्ता दीपेन्द्र दनुवारले यस नवनिर्मित भवनबाट भविष्यमा प्रवाह गरिने सेवा सुविधाले कालीको६ जिल्लाका सरोकारवाला सबैको मुहारमा खुशीयाली छाई पीडित मैत्री कार्यालयको अनुभुत गराई अपराध पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिम सजाय दिलाउने कार्यमा थप उर्जा मिल्ने जानकारी गराउदै भवन निर्माण कार्यमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न रहनु भएका सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

आज मिति २०७८।०३।१६ गते एक समाराेह बिच सरकारी वकील कार्यालय कालिकोटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन समारोह सुसम्पन्न भयो । download
समाचार

मिति २०८१।०९।०४ गते जिल्ला सरकारी वकील कार्यालय, कालिकोटको कार्यालयमा अनुसुची-१ वा अनुसुची-२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा अभियोजनसँग संलग्‍न निकायबीचको छलफल तथा निर्णयहरु।


समुदायमा सरकारी वकील कार्यक्रम २०८०।०६।२३


कर्मचारी बैठक


आ.व. ०७९/०८० पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन ।


२०७९ साल बैशाख महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।


" समुदायमा सरकारी वकील कार्यक्रम २०७८-११-०६ गते"


" समुदायमा सरकारी वकील कार्यक्रम "


जिल्ला सरकारी वकील कार्यालय कालिकोटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन समारोह सुसम्पन्न भयो ।


बाल न्याय सम्बन्धी दुई दिवसीय कार्यशाला सम्पन्न ।


कर तथा राजस्व सम्बन्धी विवाद र प्रतिरक्षा विषयक कार्यशाला सम्पन्न ।