" समुदायमा सरकारी वकील कार्यक्रम २०७८-११-०६ गते"

samachar

2078-11-8

कालीकोट जिल्ला खाडाँचक्र नगरपालिका वडा नं. ०८ स्थित श्री जनप्रभात उच्च माध्यामिक विद्यालय शेरावाडा कालीकोटमा जिल्ला सरकारी वकील कार्यालय, कालीकोटको स्वीकृत वार्षिक कार्ययोजना अनुसार मिति २०७८ फागुन ०६ गते श्री जनप्रभात उच्च माध्यामिक विद्यालयसँगको सहकार्यमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उल्लेख्य सहभागिता भएको उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, कालीकोटका सहायक जिल्ला न्यायाधिवक्ता श्री दीपेन्द्र दनुवारले सरकारी वकीलको काम, कर्तव्य र अधिकार तथा सरकारी वकील र समूदाय बीचको अन्तरसम्बन्ध र भूमिका सम्बन्धमा प्रकाश पार्नुका साथै पीडित तथा कसूरदारका अधिकार र समुदायसँगको अपेक्षा समेतलाई उजागर गर्नु भएको थियो ।

         साथै कार्यक्रममा कालीकोट जिल्ला खाडाँचक्र नगरपालिका वडा नं. ०८ स्थित श्री जनप्रभात उच्च माध्यामिक विद्यालय शेरावाडामा सञ्चालित कार्यक्रममा सहभागि शिक्षक तथा विद्यार्थीहरुको तर्फबाट विद्यार्थी विपना वि.क. र निराजन चौलागाईले कार्यक्रमका सम्बन्धमा जिल्ला सरकारी वकील कार्यालय मार्फत हामी कानून विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुका निमित्त यस्तो कार्यक्रम अत्यन्त आवश्यक र उपयोगी रहेको बताउनु भएको थियो ।उनीहरुले यस्तो जानकारी हामीहरुको पढाई सँग मात्र उपयोगी नभएर हाम्रो व्यवहारिक जीवनमा पनि उपयोगी रहेको र कानून पढेर भोलिको भविष्य के हुन सक्छ भन्ने प्रष्ट हुनका साथै पुनः पनि यस्तै सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरु गरिरहनु पर्ने आवश्यक रहेको भनी कार्यक्रम प्रति सकारात्मक धारणाहरु व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका श्री जनप्रभात उच्च माध्यामिक विद्यालयका प्र.अ. पदम बहादुर मल्लले हाम्रो विद्यालयमा कानून विषय अध्ययन अध्यापन भईरहेकोले विद्यार्थी भाई-वहिनी लगायत विद्यालयका कार्यरत शिक्षकहरुका लागि पनि यो अन्तरक्रिया कार्यक्रम उपलब्धि मुलक र प्रभावकारी रहेको बताउनु भएको थियो ।सहज र सरल तवरले न्याय प्राप्त गर्नका लागि पनि कानून सम्बन्धी विविध विषयहरुमा जानकारी हुन अति आवश्यक हुन्छ। सबै व्यक्तिले देशको विद्यमान कानूनका बारेमा जानकार रहनु अनिवार्य रहन्छ तसर्थ पुनः पनि यस्ता सचेतना मुलक कार्यक्रम गर्नु पर्ने आवश्यक रहेको र सो को लागि हामी सबै  आफैले चासो र पहल गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।०९।०४ गते जिल्ला सरकारी वकील कार्यालय, कालिकोटको कार्यालयमा अनुसुची-१ वा अनुसुची-२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा अभियोजनसँग संलग्‍न निकायबीचको छलफल तथा निर्णयहरु।


समुदायमा सरकारी वकील कार्यक्रम २०८०।०६।२३


कर्मचारी बैठक


आ.व. ०७९/०८० पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन ।


२०७९ साल बैशाख महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।


" समुदायमा सरकारी वकील कार्यक्रम २०७८-११-०६ गते"


" समुदायमा सरकारी वकील कार्यक्रम "


जिल्ला सरकारी वकील कार्यालय कालिकोटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन समारोह सुसम्पन्न भयो ।


बाल न्याय सम्बन्धी दुई दिवसीय कार्यशाला सम्पन्न ।


कर तथा राजस्व सम्बन्धी विवाद र प्रतिरक्षा विषयक कार्यशाला सम्पन्न ।