महान्यायाधिवक्ताको कार्यालयको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम

samachar

2082-9-9

मिति २०८२ साल पौष ८ गते महान्यायाधिवक्ताको कार्यालयको ७५ औं स्थापना दिवसको अवसरमा  जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको सभाहलमा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीयो। जिल्ला न्यायाधिवक्ता रुद्र प्रसाद आचार्यको अध्यक्षतामा र माननीय जिल्ला न्यायाधीश श्री चन्द्रकुमार पोखरेल ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम जिल्ला सरकारी वकील कार्यालयकी खरिदार दिक्षा तिवारीले सञ्चालन गर्नु भएको थियो।उक्त अन्तरक्रिया कार्यक्रममा “सरकारी वकील कार्यालयको सेवा प्रवाह” सम्बन्धी श्री जिल्ला न्यायाधिवक्ता रुद्र प्रसाद आचार्य ज्यूले र “मुद्दाको अदालती प्रक्रिया र न्याय निरुपण” सम्बन्धमा माननीय जिल्ला न्यायाधीश श्री चन्द्रकुमार पोखरेल ज्यूले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुतीकरण गर्नु भएको थियो। उक्त अन्तरक्रिया कार्यक्रममा माननीय जिल्ला न्यायाधीश श्री चन्द्रकुमार पोखरेल, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक श्री मनोजित कुँवर, जिल्ला बार एसोसियसनका तर्फबाट दिपेन्द्र कुमार शर्माले शुभकामना मन्तब्य राख्नुभएको थियो। अन्तरक्रिया कार्यक्रममा सोलुखुम्बु जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुखहरु लगायत जम्मा ४६ जनाको उपस्थिति रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

महान्यायाधिवक्ताको कार्यालयको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम


समुदायमा सरकारी वकील कार्याक्रम ।


मिति २०८१।०८।२३ गते आईतबार यस कार्यालयमा कार्यरत सबै कर्मचारीहरुले अनिवार्य रुपमा ड्रेस तथा आईडी कार्ड लगाएर कार्यालयमा उपस्थित हुनु पर्


मिति २०८१।०८।२३ गते आईतबार यस कार्यालयमा कार्यरत सबै कर्मचारीहरुले अनिवार्य रुपमा ड्रेस तथा आईडी कार्ड लगाई कार्यालयमा उपस्थित हुनु पर्ने छ ।


सोलुदुधकुण्ड न.पा. ११ तिङ्गला, मुडेमा समुदायमा सरकारी वकील कार्याक्रम मिति २०८१/०८/१९ सम्पन्न गरियो ।


थुलुङदुधकोशी गा.पा. मा समुदायमा सरकारी वकील कार्यक्रम २०८१/०८/१० मा सम्पन्न गरियो ।


समुदायमा सरकारी वकील


समुदायमा सरकारी वकील


समुदायमा सरकारी वकील कार्यक्रम


जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुको आ.व २०७९/८० को मुद्दाको विवरण :