समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2081-8-26

जिल्ला सरकारी वकील कार्यालय पाँचथरको आयोजना तथा कालिका माध्यमिक विद्यालयको सहकार्यमा मिति २०८१/०८/१४ गते दिनको १ वजेवाट पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. ११ मा रहेको कालिका माध्यमिक विद्यालयको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत विवाह, करणी तथा लागू औषधको कसूर तथा कानूनका जान्नैपर्ने कुराहरू सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम, २०८१ सम्पन्न भएको छ । सो कार्यक्रममा फिदिम नगरपालिका वडा नं. ११ का वडाध्यक्ष श्री राजेन्द्र कुमार थापा, श्री कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री सुरेन्द्र खेवा, पतन्जलि योग समिति पाँचथरका पदाधिकारीहरू, कालिका माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरू समेत गरी ६३ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रम फिदिम नगरपालिका वडा नं. ११ का वडाध्यक्ष श्री राजेन्द्र कुमार थापाको प्रमुख आतिथ्यतामा  जिल्ला सरकारी वकील कार्यालय, पाँचथरका जिल्ला न्यायाधिवक्ता श्री राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, पाँचथरका खरिदार श्री दिलिप दाहालले कार्यक्रमको संचालन गरी सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । विवाह, करणी तथा लागू औषधको कसूर तथा कानूनका जान्नै पर्ने कुराहरू सम्बन्धी प्रस्तुतिकरण सहायक जिल्ला न्ययायाधिवक्ता श्री वसन्त काफ्लेले गर्नु भएको थियो भने कार्यक्रमको अन्तरक्रिया सेशनमा उठेका जिज्ञासाहरूको जवाफ जिल्ला न्यायधिवक्ता श्री राजेन्द्र भट्टराई र सहायक जिल्ला न्यायाधिवक्ता श्री वसन्त काफ्लेले दिनु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments