समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2081-8-26

जिल्ला सरकारी वकील कार्यालय पाँचथरको आयोजना तथा नांगीन माध्यमिक विद्यालयको सहकार्यमा मिति २०८१/०८/१४ गते विहान १० वजेवाट पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२ मा रहेको नांगीन माध्यमिक विद्यालयको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत विवाह, करणी तथा लागू औषधको कसूर र कानूनका जान्नैपर्ने कुराहरू सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम, २०८१ सम्पन्न भएको छ । सो कार्यक्रममा नांगीन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लाल बहादुर न्यौपाने, उक्त विद्यालयका विद्यार्थी तथा शिक्षकहरू समेत गरी ५५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रम नांगीन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर न्यौपानेको प्रमुख आतिथ्यता तथा जिल्ला सरकारी वकील कार्यालय, पाँचथरका जिल्ला न्यायाधिवक्ता श्री राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, पाँचथरका खरिदार श्री दिलिप दाहालले कार्यक्रम संचालन गरी सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । विवाह, करणी तथा लागू औषधको कसूर र कानूनका जान्नै पर्ने कुराहरू सम्बन्धी प्रस्तुतिकरण सहायक जिल्ला न्ययायाधिवक्ता श्री वसन्त काफ्लेले गर्नु भएको थियो भने कार्यक्रमको अन्तरक्रियाको अवस्थामा उठेका जिज्ञासाहरूको जवाफ जिल्ला न्यायधिवक्ता श्री राजेन्द्र भट्टराई र सहायक जिल्ला न्यायाधिवक्ता श्री वसन्त काफ्लेले दिनु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments