समुदायमा सरकारी वकिल कार्याक्रम गण्डकी वोडिङ स्कुलमा सम्पन्न

samachar

2081-8-20

मिति २०८१।०८।१५ गते शनिवार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले कास्की जिल्लाको गण्डकी बोर्डिङ स्कुलको सभाहलमा जि.स.व.का. कास्कीका  जिल्ला न्यायाधिवक्ता कमला काफ्लेको अध्यक्षता,   जिल्ला सरकारी वकील कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, समिता थकाली र सुजता पौडेल  र विद्यालयका शिक्षक तथा विद्यार्थिहरु गरी ११५ जनाको उपस्थितिमा  जिल्ला सरकारी वकील कार्यालय, कास्कीको  आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता श्री कमला काफ्लेले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करीव ३० जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ताहरुले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिनुभएको थियो । उक्त कार्यक्रममा जि.स.व.का. कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता श्री शान्तिदेवी शर्माले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालक जि. स.व.का. कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता सुजता पौडेलले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

जिल्ला सरकारी वकील कार्यालय कास्की फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण देहाय बमोजिम रहेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ ।


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


मिति २०७८।१०।०७ गते यस कार्यालयमा सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम ।


दैनिक रुपमा अभियोजन हुने अनुसूची १ अन्तर्गतका मुद्दाहरु र मुद्दा चल्ने/नचल्ने गरी अनसूची २ का मुद्दाहरुमा भएका निर्णयको विवरण प्रकाशन गरिने सम्बन्धी सूचना ।।


माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्युको अध्यक्षतामा मिति २०७६।१२।०६ मा बसेको बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा ।


नमुना सरकारी वकील कार्यालयबाट सम्पादन गरिने कार्यहरु


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम पश्चिमाञ्चल माध्यामिक विद्यालयमा सम्पन्न


समुदायमा सरकारी वकिल कार्याक्रम गण्डकी वोडिङ स्कुलमा सम्पन्न


नयाँ वर्ष २०८० सालको शुभकामना


कोरोना भाइरस संक्रमण रोक्नको लागि मिति २०७८।०१।२० गते कास्की जिल्ला अदालत पोखरामा अनुसन्धान तथा अभियोजन निकाय समेतको उपस्थितिमा भएको निर्णय ।


माछापुच्छ्रे गाउँपालिका १ स्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका २३ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रिया