2076-8-5
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस(२० नोभेम्बर) को अवसरमा मिति २०७६।०८।०४ गते उच्च सरकारी वकील कार्यालय पोखरा, जिल्ला सरकारी वकील कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा पोखरा ९ नयाँबजारस्थित श्री नवप्रभात माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्मन्न भएको छ । देशभरका ७७ जिल्लामा नै संयुक्त रुपमा कार्यक्रम संचालन गर्ने निर्देशनबमोजिम संचालित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । उच्च सरकारी वकील कार्यालय पोखराका निमित्त सहन्यायाधिवक्ता श्री प्रतिमाकुमारी भट्टराइको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री गुरुप्रसाद वाग्ले, उच्च सरकारी वकील कार्यालय पोखराका उपन्यायाधिवक्ता श्री प्रेमराज पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्री दानबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक श्री कृष्ण बस्यालले सरकारी वकील एवम् प्रहरीको काम कर्तव्य एवम् भूमिका, बालअधिकार, साइबर अपराध, बालबालिकाउपर हुने अपराध एवम् हिंसा, अपराध अनुसन्धानमा प्रहरी एवम् समुदाय र विद्यार्थीहरुको भूमिका लगायतका विषयमा आफ्नो प्रस्तुति राख्ननुभएको थियो । कार्यक्रममा बोल्दै निमित्त सहन्यायाधिवक्ता प्रतिमाकुमारी भट्टराइले बालबालिकाहरुमाथि हुने अपराध एवम् हिंसा सहेर नबस्न तथा त्यस्ता घटनाको बारेमा समयमै अभिभावक तथा सम्बन्धित प्रहरी कार्यालय समक्ष जानकारी दिनुपर्ने बताउनुभएको थियो ।
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)
मिति २०७८।१०।०७ गते यस कार्यालयमा सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम ।
दैनिक रुपमा अभियोजन हुने अनुसूची १ अन्तर्गतका मुद्दाहरु र मुद्दा चल्ने/नचल्ने गरी अनसूची २ का मुद्दाहरुमा भएका निर्णयको विवरण प्रकाशन गरिने सम्बन्धी सूचना ।।
माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्युको अध्यक्षतामा मिति २०७६।१२।०६ मा बसेको बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा ।
नमुना सरकारी वकील कार्यालयबाट सम्पादन गरिने कार्यहरु
नयाँ वर्ष २०८० सालको शुभकामना
कोरोना भाइरस संक्रमण रोक्नको लागि मिति २०७८।०१।२० गते कास्की जिल्ला अदालत पोखरामा अनुसन्धान तथा अभियोजन निकाय समेतको उपस्थितिमा भएको निर्णय ।
माछापुच्छ्रे गाउँपालिका १ स्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
पोखरा महानगरपालिका २३ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रिया