माछापुच्छ्रे गाउँपालिका १ स्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2076-11-7

मिति २०७६।११।०३ गते जिल्ला सरकारी वकील कार्यालय कास्कीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका १ मिर्सास्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्म‍न्न भएको छ । समुदायस्तरमा सरकारी वकील कार्यालयको परिचय एवम् कार्यप्रकृति तथा सरकारवादी फौजदारी मुद्दामा समुदायस्तरको सचेतना अभिवृद्दि गराउने उद्देश्यले संचालित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, अभिभावकहरु, जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । जिल्ला सरकारी वकील कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता श्री गुरुप्रसाद वाग्लेको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री गिरिधारी लम्साल, जनप्रतिनिधि सूर्य गुरुङ लगायतले समुदायस्तरमा संचालन हुने यस्ता कार्यक्रमले जनसमुदायमा कानुनी चेतना अभिवृद्दि गर्न सफल हुने बताउनुभएको थियो । सहायक जिल्ला न्यायाधिवक्ता श्री महेन्द्रप्रसाद अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै सहायक जिल्ला न्यायाधिवक्ता श्री पूर्णप्रसाद शर्माले कार्यक्रमको उद्देश्य, एवम् आवश्यकताबारे प्रकाश पार्नुभएको थियो । सहभागीहरुका अपेक्षा एवम् जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै सरकारी वकील कार्यालयको भूमिका तथा सरकारवादी फौजदारी मुद्दाको सफलताको लागि जनसमुदायको सहयोग जस्ता विषयमा कार्यक्रमका अध्यक्ष एवम् जिल्ला न्यायाधिवक्ता श्री गुरुप्रसाद वाग्लेले थप प्रष्ट पार्नुभएको थियो । बालबालिकाहरुमाथि हुने अपराध एवम् हिंसा सहेर नबस्न तथा त्यस्ता घटनाको बारेमा समयमै अभिभावक तथा सम्बन्धित प्रहरी कार्यालय समक्ष जानकारी दिन विद्यार्थीहरुलाई सुझाव दिंदै उहाँले कार्यक्रमको आयोजनामा सहयोग गर्ने जनप्रतिनिधि सूर्य गुरुङ तथा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

नयाँ वर्ष २०८० सालको शुभकामना


कोरोना भाइरस संक्रमण रोक्नको लागि मिति २०७८।०१।२० गते कास्की जिल्ला अदालत पोखरामा अनुसन्धान तथा अभियोजन निकाय समेतको उपस्थितिमा भएको निर्णय ।


माछापुच्छ्रे गाउँपालिका १ स्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका २३ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रिया