रुकुम पश्चिमका कार्यालय प्रमुख र प्रतिनिधिहरूसँग कानुनी राय र लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम २०७८ चैत्र १६ गते सम्पन्न

samachar

2079-3-13

कानुनी राय र लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

उच्च सरकारी वकील कार्यालय, सुर्खेत र जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमको संयुक्त आयोजनामा रुकुम पश्चिमका कार्यालय प्रमुख र प्रतिनिधिहरूसँग "कानुनी राय र लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम" २०७८ चैत्र १६ गते जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमको सभाहलमा सम्पन्न भयो ।

कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, सुर्खेतका उपन्यायाधिवक्ता श्री नगेन्द्र लम्सालले नेपालमा कानूनी राय प्रदान गर्ने सम्बन्धमा सरकारी वकीलको भूमिका, रिट सम्बन्धी परिचयलिखित जवाफको परिचय र सरकारी निकायले लिखित जवाफ तयार गर्दा विचार गर्नुपर्ने कुराहरू विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सरकारी वकीलसँग कानूनी राय माग गर्ने प्रकृया, सरकारी वकीलले कानूनी राय दिने प्रकृया र अदालतमा पर्ने सरकारी रिट निवेदनको लिखित जवाफ लेख्ने प्रकृयाका बारेमा कार्यपत्र प्रस्तुतीसँगै छलफल गरिएको थियो ।

उच्च सरकारी वकील कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता श्री दमनसिंह विष्टले सरकारी कार्यालयका प्रमुखले कानूनी रुपमा द्वविधा भयो भने कानुनी राय माग गर्दा सरकारी वकीलसँग राय लिएर निर्णय गर्दा प्रभावकारी हुने बताउनुभयो ।

उहाँले कानूनी राज्य स्थापना गर्ने काममा हाम्रा काम कारवाही कानून सम्मत हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता श्री द्रोणदत्त पौडेलले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै सरकारी निकायका कार्यालय प्रमुखले कानून सम्मत निर्णय गर्दा कुनै कानूनी प्रश्नमा द्वविधा भएमा तोकिएको ढाँचामा सरकारी वकीलसँग राय माग गर्ने प्रकृया र अदालतमा परेका सरकारी निकायका रिट निवेदनमा प्रभावकारी प्रतिरक्षा गर्नका लागि सरकारी कार्यालयबाट अदालतमा दायर गरिने लिखित जवाफको महत्वपूर्ण भूमिका हुने भएकाले लिखित जवाफ तयारी बारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिका प्रमुख जिल्ला अधिकारी श्री परमानन्द घिमिरेले कानूनी शासन पालन गराउन सरकारी कार्यालयहरूबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, " सरकार विरुद्ध परेका रिट निवेदनको प्रभावकारी प्रतिरक्षा गर्न सरकारी वकीललाई चाहिने विवरण र कागजपत्रहरु सरकारी कार्यालयले उपलब्ध गराउनु जिम्मेवारी र दायित्व हो ।"

जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक श्री विष्णुप्रसाद सोतीले सरकारी वकीलसँग कानूनी राय माग गर्ने प्रकृया, रिट निवेदनबारे जानकारी र सरकारी निकाय विरुद्ध परेका रिट निवेदनमा लिखित जवाफ तयार गर्दा विचार गर्नुपर्ने विषयहरुका बारेमा आयोजित कार्यक्रम सरकारी कार्यालयका प्रमुखहरुका लागि निकै उपयोगी र ज्ञानबर्द्धक रहेको उल्लेख गर्नुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मीले गर्नुभएको थियो ।

 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

उच्च सरकारी वकील कार्यालय, सुर्खेतको बढुवा समितिको सचिवालयको रा.प.अनं. प्रथम श्रेणी नायब सुब्बा पदको जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवा सिफारिस सम्बन्धी मिति २०८०/१२/१३ को सूचना


उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०८०/१/१४ गतेको तिसाैं कर्मचारी बैठकको माइन्युट ।


उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०७९/७/२ गतेको उन्नतिसाैं कर्मचारी बैठकको माइन्युट ।


उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०७९/५/१० गतेको अठ्ठाइसाैं कर्मचारी बैठकको माइन्युट ।


मिति २०७९/३/२९ गते सुर्खेतस्थित संघ अन्तर्गतका कार्यालय प्रमुखहरुसँग उसवका सुर्खेत र जिसवका सुर्खेतको संयुक्त आयोजनामा आयोजित कानूनी राय र लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन ।


मिति २०७९/३/२४ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासत कक्षको उसवका सुर्खेतको सहन्यायाधिवक्ता ज्यूले गर्नु भएको निरीक्षणको प्रतिवेदन


मिति २०७९/३/२४ गते कारगार कार्यालय जाजरकोटको उसवका सुर्खेतको सहन्यायाधिवक्ता ज्यूले गर्नु भएको निरीक्षणको प्रतिवेदन ।


मिति २०७९/३/१९ गते उच्च सरकारी वकील कार्याल सुर्खेत र जिल्ला सरकारी वकील सुर्खेतको संयुक्त आयोजनामा कानून व्यवसायीहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन ।


मिति २०७९/३/४ गते उच्च सरकारी वकील कार्यालय, सुर्खेत र मातहत कार्यालयको वार्षिक कार्ययोजना समिक्षा सम्बन्धी कार्यक्रमको प्रतिवेदन ।


मिति २०७९/०३/२० गते सम्पन्न उच्च सरकारी वकील कार्यालय, सुर्खेत तहको समन्वय समितिको आठौं बैठकको निर्णयहरु।