2079-3-13
गुर्भाकोट नगरपालिकाको वडा नं ८ मेहलकुनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
उच्च सरकारी वकील कार्यालय, सुर्खेतको आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम २०७८ पुस ३ गते सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नं ८ मेहलकुनामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सहभागीहरुलाई महान्यायाधिवक्ताको कार्यालयको संगठन संरचना, सरकारी वकीलको काम, कर्तब्य र अधिकार र सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन तथा फौजदारी न्याय सम्पादनको क्रममा समुदायबाट गरिएको अपेक्षाका सम्बन्धमा जिल्ला सरकारी वकील कार्यालय सुर्खेतका जिल्ला न्यायाधिवक्ता श्री फटिकराज मुडभरीले कार्यपत्र प्रस्तुत गरी जानकारी गराउनुभएको थियो ।
उच्च सरकारी वकील कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता श्री दमनसिंह विष्टले समुदायलाई सरकारी वकीलको काम कारबाही र सरकारवादी फौजदारी मुद्दाको बारेमा सचेतना गराउन कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञाशाको सम्बोधन उच्च सरकारी वकील कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता श्री दमनसिंह विष्ट र जिल्ला सरकारी वकील कार्यालय, सुर्खेतका जिल्ला न्यायाधिवक्ता श्री फटिकराज मुडभरीले गर्नुभएको थियो ।
कार्यक्रममा गुर्भाकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्री चित्रबहादुर रेग्मी, वडा नं ७ का वडा अध्यक्ष श्री विर्खबहादुर नेपाली, मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशका उपसचिव श्री द्रोणदत्त पौडेल र सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार श्री ठाकुर पौडेलको समेत सहभागीता रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक र विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा ५६ जनाको सहभागीता रहेको थियो ।
मिति २०७९/०३/२० गते सम्पन्न उच्च सरकारी वकील कार्यालय, सुर्खेत तहको समन्वय समितिको आठौं बैठकको निर्णयहरु।
उच्च सरकारी वकील कार्यालय, सुर्खेतको योजना कार्यान्वयन समितिको मिति २०७९/०३/०५ को निर्णयानुसार स्वीकृत मातहत कार्यालयहरुको आ.व.०७९/०८० को वार्षिक कार्ययोजना।
उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०७९/१/५ गतेको सत्ताइसौं कर्मचारी बैठकको माइन्युट ।
उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय सल्यानको मिति २०७८ पुष २८ र २९ गते गरिएको कार्यालय व्यवस्थापन र अभियोजन सम्बन्धी निरीक्षण अनुगमन प्रतिवेदन ।
उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०७८।८।१२ गतेको छब्बीसौं कर्मचारी बैठकको माइन्युट ।
महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०७८ कार्तिक १६ र १७ गते उच्च सरकारी वकील कार्यालय सुर्खेतमा कार्यालय निरीक्षण र अभियोजन अनुगमन पश्चचात् दिइएको निर्देशन
उच्च सरकारी वकील कार्यालय सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको मिति २०७८ असोज ६ र ७ गते गरिएको कार्यालय व्यवस्थापन र अभियोजन सम्बन्धी निरीक्षण अनुगमन प्रतिवेदन
उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०७८।४।४ गतेको पच्चिसौं कर्मचारी बैठकको माइन्युट ।
उच्च सरकारी वकील कार्यालय, सुर्खेतको च.नं. २५ मिति २०७८/४/४ को योजना कार्यान्वयन समिति गठन गरिएको पत्र ।
उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०७८/३/२० गतेको चौबिसौं कर्मचारी बैठकको माइन्युट ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको वडा नं ५ बबई हात्तिखालमा समुदायमा सरकारी वकील कार्यक्रम २०७९ जेठ ३० गते सम्पन्न
रुकुम पश्चिमका कार्यालय प्रमुख र प्रतिनिधिहरूसँग कानुनी राय र लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम २०७८ चैत्र १६ गते सम्पन्न
सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नं ८ मेहलकुनामा समुदायमा सरकारी वकील कार्यक्रम २०७८ पुस ३ गते सम्पन्न
सिम्ता गाउँपालिकामा समुदायमा सरकारी वकील कार्यक्रम २०७८ बैशाख ३ गते सम्पन्न ।