मिति २०७९।२।१३ गते मोरङ जिल्लाको धनपालथान गा.पा.वा.नं.६ स्थित सरस्वती मा.वि.मा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।

samachar

2079-2-13

जिल्ला सरकारी वकील कार्यालय मोरङको आयोजनामा मिति २०७९।२।१३ गते शुक्रबारका दिन समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रम मोरङ जिल्लाको धनपालथान गा.पा.वा.नं.६ स्थित सरस्वती मा.वि.मा जिल्ला न्यायाधिवक्ता श्री रामहरि शर्मा काफ्लेको अध्यक्षतामा श्री सरस्वती पब्लीक क्याम्पस धनपालथानका क्याम्पस प्रमुख श्री जगतप्रसाद राजवंशी र धनपालथान गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष श्री महम्मद हुँसेन तथा ई.प्र.का.रंगेलीका प्र.नि.शैलेष न्यौपानेको आतिथ्यमा सम्पन्न गरियो । उक्त कार्यक्रममा धनपालथान गाउँपालिका वडा नं.६ का निर्वाचित जनप्रतिनिधीहरु, सो विद्यालयका विद्यार्थीहरु, समाजसेवी र बुद्धिजिवी समेतको उपस्थिति रहेको थियो । सहायक जिल्ला न्यायाधिवक्ता श्री रोहित कुमार पोखरेलले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने जिल्ला न्यायाधिवक्ता श्री रामहरि शर्मा काफ्लेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा करिव ८ जना सहभागीहरुबाट सरकारी वकील, सरकारवादी मुद्दा र स्थानिय निकायका अन्य विषयमा उठाईएका जिज्ञासाहरुको जिल्ला न्यायाधिवक्ताबाट सम्बोधन गर्नुका साथै कार्यक्रमको संचालन जिल्ला सरकारी वकील कार्यालय मोरङका सहायक जिल्ला न्यायाधिवक्ता रोहित कुमार पोखरेलले गर्नु भएको थियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०७९।२।३१ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२९ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२८ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.१ स्थित श्री राधाकृष्ण भुपालमान सिंह कार्की मा.वि.को प्राङ्गणमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।२४ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.७ स्थित नेपाल बार एशोसिएशन मोरङ शाखाको भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।३ गते सरकारी वकील र अनुसन्धान अधिकृत विच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।


मिति २०७९।२।२९ गते मोरङ जिल्लाको मिक्लाजुङ्ग गा.पा.वा.नं.६ स्थित सामुदायिक भवनमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


मिति २०७९।२।१३ गते मोरङ जिल्लाको धनपालथान गा.पा.वा.नं.६ स्थित सरस्वती मा.वि.मा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


अभियोजनकर्ता र अनुसन्धानकर्ताबीच समन्वय बैठक सम्पन्न ।